बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गर्न ‘डब्लुएफपी’लाई आग्रह « Khabarhub

बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गर्न ‘डब्लुएफपी’लाई आग्रह


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीमा बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गर्न विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई आग्रह गरेका छन् ।

मन्त्री भण्डारी र विश्व खाद्य कार्यक्रम नेपालका देशीय निर्देशक रियाज लोधीबीच आज सुर्खेत वीरेन्द्रनगरस्थित मन्त्रालयमा भएको भेटघाटमा उनले कर्णालीको आयात घटाउने र आत्मनिर्भर बढाउने कार्यक्रमलाई बढावा दिन अनुरोध गरेका हुन् ।

भेटमा कर्णालीमा लागु भएको विश्व खाद्य कार्यक्रमको समीक्षा गरिएको थियो । सो अवसरमा मन्त्री भण्डारीले कर्णालीमा जलवायु परिवर्तनको उच्च जोखिमका कारण हिमाली क्षेत्रबाट सिजनअनुसार बसाइँसराइ हुनुपर्ने अवस्था रहेको बताए ।

श्रम तथा रोजगारका लागि भारत जाने र शिक्षाका लागि सहर बसाइ सर्ने कारणले खाद्य प्रणालीमा असर परेको उनको भनाइ थियो । निर्देशक लोधीले विगतका कार्यक्रमको स्मरण गराउँदै थप कार्यक्रम सञ्चालन गर्न चाहेको बताएका थिए ।

किसानको उत्पादन र बिक्री गरिएका वस्तुको समयमा भुक्तानी हुन नसक्ने देशभरका समस्या बारे जानकारी गराउँदै यससम्बन्धी काम आफूहरुले गर्न खोजेको उनको भनाइ थियो ।

पोषणसम्बन्धी कार्यक्रम कर्णाली प्रदेश केन्द्रित भएको बताउँदै लोधीले आफ्ना सबै कार्यक्रमलाई एकीकृत प्रणालीबाट कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी गराए ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ७ : ०० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली