केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला « Khabarhub

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई अस्पतालमा छन् । उनीहरू हुन् पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता दीपक खड्का ।

ओली भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको समयमा प्रधानमन्त्री हुँदा पनि जिम्मेवारी बहन गर्न नसक्दा ७६ जनाले ज्यान गुमाएको विषयमा र खड्कामाथि सम्पत्ती शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढिरहेको छ ।

ओलीलाई शनिबार भक्तपुरस्थित निवासबाट र खड्का आइतबार पक्राउ परेका हुन् । उनीहरू दुवै अस्वस्थ भएर अस्पतालमा छन् ।

‘एनेक्स–१’ को शय्या नम्बर ५०१ मा ओलीको २४ सै घण्टा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।

ओलीमा उच्च रक्तचाप, थाइराइड हर्मोनको कमी, मिर्गौलासम्बन्धी समस्या, पित्तथैलीमा पत्थरी र मुटुको धड्कन बढ्ने समस्या एकसाथ देखिएको छ ।

ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको छ । ओली शारीरिक तथा मानसिक रूपमा तयार भएपछि मात्र शल्यक्रिया गर्ने तयारी छ । शल्यक्रिया गर्नैपर्ने अवस्था भए पनि तत्काल अन्य स्वास्थ्य जटिलताका कारण शल्यक्रिया नगर्ने चिकित्सकहरूले बताएका छन् ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री खड्का पनि त्यहीँ अस्पतालमा उपचाररत छन् । स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो ।

बान्ता तथा पखालाका कारण अस्पताल भर्ना भएका खड्काको स्वास्थ्य अवस्था सुधारात्मक रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १० : ४७ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका