सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल « Khabarhub

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका बेला पार्टीभित्र एकता हुनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले विगतका हरेक सङ्कटमा कांग्रेस एकताबद्ध रहेको स्मरण गराएका छन् । “एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गर्‍यो र सफलता पनि हासिल गर्‍यो,” उनले फेसबुकमा लेखेका छन्, “अहिले पनि एकतामै बल छ ।”

उनले वर्तमान प्रतिकूलतामा छिन्नभिन्न भएर नबस्न नेता-कार्यकर्तालाई आग्रह गर्दै एकजुट हुन दोहोर्‍याएका छन् । उनले अगाडि लेखेका छन्, “म नेपाली कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई अनुरोध गर्छु- एकतामा नै शक्ति छ र यसैको बलमा हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौँ ।”

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ८ : ५६ बजे

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा

आज विश्व आदिवासी दिवस मनाइँदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ– विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, बीपी र कान्ति लोकपथको यात्रामा रोक

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा सडक कटानका कारण देशका