बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ « Khabarhub

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ परेपछि दोस्रोपटक पार्टी सचिवालय बैठक बसिरहेको छ।

गत शनिबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका अध्यक्ष ओली अहिले त्रिवि शिक्षण अस्पतालमा छन् ।

उनी पक्राउ परेलगत्तै उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा एमालेको सचिवालय बैठक बसेको थियो।

त्यसपछि विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न मंगलबार मध्याह्न पनि सचिवालय बैठक बसिरहेको छ।

बैठकस्थल च्यासलबाट एकजना सचिवालय सदस्यले दिएको जानकारीअनुसार बादलको अध्यक्षतामा बसिरहेको बैठकले विरोधका थप कार्यक्रम तय गर्न सक्नेछ ।

यस बैठकमा एमाले संसदीय दलको नेताबारे पनि छलफल गर्न सक्ने बताइन्छ। यस्तै गत भदौको जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ तत्कालीन प्रधानमन्त्री ओली लगायत नेताहरूमाथि सरकारको छानबिन र प्रतिशोधबारे पनि कुराकानी भइरहेको सचिव महेश बस्नेतले बताए ।

बस्नेतले ओलीलाई गरिएको पक्राउविरुद्ध थप विरोधका कार्यक्रम सचिवालयले तय गर्ने बताए । ‘अध्यक्ष केपी शर्मा ओली विरुद्ध भइरहेको प्रतिशोधपूर्ण गतिविधिको विरोधमा थप कार्यक्रम तय गर्न एमाले सचिवालय बैठक बसिरहेको छ’, उनले भने ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १२ : ५९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली