रविले निवासमै बोलाएर किन भेटे दुई मधेशवादी नेताहरूलाई ? « Khabarhub

रविले निवासमै बोलाएर किन भेटे दुई मधेशवादी नेताहरूलाई ?


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालेन्द्र शाहलाई प्रधानमन्त्री पद जिम्मा लगाएपछि फुर्सद भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक भेटघाटमा सक्रिय भएका छन् ।

बालेन्द्रसँगको सहमतिअनुसार पार्टीको कमान्ड सम्हालेका रविले मंगलबार मधेशवादी दुई नेतालाई भेटेका छन् ।

गत फागुन २१ गतेको चुनावमा ठूला दलसँगै मधेशवादीले पनि नराम्रो धक्का व्यहोरेका थिए । प्रतिनिधि सभामा एक सिट पनि जित्न नसकेका मधेशसवादी गुमनाम भएको अवस्थामा रविले मंगलबार दुई नेतासँग भेटे।

उनले मंगलबार राष्ट्रिय सभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरसँग भेटवार्ता गरे ।

रविले बूढानीलकण्ठस्थित आफ्नो निवासमै बोलाएर ठाकुरसँग संवाद गरेका हुन् । त्यस भेटका क्रममा देशको वर्तमान राजनीति, मधेशको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको रविको सचिवालयले जनाएको छ ।

भेटका क्रममा फागुन २१ गते मिलेको पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै नेता एकमत भएको दाबी उनको सचिवालयले गरेको छ।

रविले मंगलबार नै फागुन २१ को चुनावमा नराम्रोसँग पराजित भएको अर्को दल आमजनता पार्टीका अध्यक्ष प्रभु साहसँग पनि संवाद गरेका छन् ।

साहलाई पनि रवीले बूढानीलकण्ठस्थित निजी निवासमै बोलाएर संवाद गरेका हुन् ।

उक्त भेटका क्रममा सभापति लामिछानेले मधेशलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने जानकारी गराएको उनको सचिवालयले जनाएको छ।

रविले देश र अझ विशेषगरी मधेशले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात गरि पारस्परिक सहयोगमार्फत् अघि बढ्नुपर्नेमा जोड दिएको बताइएको छ।

भेटका क्रममा अध्यक्ष साहले रास्वपा र सभापति लामिछानेलाई फागुन २१ को चुनावमा निकालेको ऐतिहासिक जितका लागि बधाई पनि दिएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १ : २८ बजे

इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति

काठमाडौँ – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभियानप्रति

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर