फेरिएको परम्परा : पहिले बधाई दिनेको भिडले भरिने सिंहदरबार अहिले सुनसान (तस्बिरहरू) « Khabarhub

फेरिएको परम्परा : पहिले बधाई दिनेको भिडले भरिने सिंहदरबार अहिले सुनसान (तस्बिरहरू)


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनपछि अहिले देशले युवा नेतृत्व पाएको छ । प्रधानमन्त्री बालेन शाह नेतृत्वमा १५ जना मन्त्रीहरूले मन्त्रालयहरू सम्हाली रहेको अवस्थामा अहिले मन्त्रालयहरूमा पहिलेको जस्तो चहलपहल भने देखिएको छैन । 

विभिन्न समयमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायत विभिन्न पार्टीले सरकारको नेतृत्व गर्दा र मन्त्रीहरूको नियुक्ति गर्दा सिंहदरबारमा बधाई र शुभकामना दिनेहरूको भीड नै लाग्ने गर्दा थियो, अहिले भने अवस्था त्यस्तो देखिएको छैन ।

मन्त्रीहरूले मन्त्रालय सम्हालेको दिनबाटै हप्ता दिनसम्म बधाई र शुभकामना दिनेहरूको भीड लाग्ने मन्त्रालयहरू अहिले सुनसान जस्तै देखिएका छन् ।

पार्टीका कार्यकर्ता, नेता र आफन्तहरूको भीड लाग्ने सिंहदरबारमा सामान्य भेटघाट भन्दा पनि काम विशेषमा आउनेहरू देखिएका छन् ।

युवा नेतृत्वमा गठित अहिलेको सरकारले काम गर्न आएको र जस्तै परिस्थितिमा पनि नतिजा निकाल्ने गरी काम गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १ : ५२ बजे

इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति

काठमाडौँ – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभियानप्रति

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर