सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै प्रतिवादमा उत्रन एमालेको आह्वान « Khabarhub

सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै प्रतिवादमा उत्रन एमालेको आह्वान


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै प्रतिवादमा उत्रन आह्वान गरेको छ ।

मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सरकार गठनलगत्तै थालिएका गैरकानुनी तथा प्रतिशोधपूर्ण धरपकडले सरकार राज्य आतंकतर्फ उन्मुख भएको भन्दै एकताबद्ध प्रतिवादका लागि सबै राजनीतिक दल, संघ/संगठन तथा नागरिक समाजसँग आह्वान गरेको हो । 

एमालेको शान्तिपूर्ण विरोध प्रदर्शनहरूमा सरकारका तर्फबाट अत्यधिक बल प्रयोग गरी परिस्थितिलाई उत्तेजित बनाउने काम भएको भन्दै बैठकले गम्भीर आपत्ति प्रकट गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली माथि गरिएको पूर्वाग्रह तथा प्रतिशोधपूर्ण र गैरकानुनी गिरफ्तारीका विरुद्ध सबै ठाउँबाट कानुनी र राजनीतिक प्रतिवादलाई देशव्यापी रूपले निरन्तरता दिने निर्णय बैठकले गरेको उनले बताए ।

उनले जनादेश र जनभावनाअनुसार काम गर्न सडक, सदन र संवाद तीन वटै मोर्चाबाट सरकारलाई खबरदारी गरिने उल्लेख गरे ।

त्यस्तै बैठकले प्रतिनिधिसभा निर्वाचन र त्यसपछि उत्पन्न परिस्थितिको बारेमा समीक्षा गर्न तथा पार्टी संगठनलाई पुनव्र्यवस्थित गर्नका साथै जिम्मेवारी बाँडफाँट लगायतका विषयमा छलफल गर्न निकट भविष्यमै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय भएको महासचिव पोखरेलले बताए ।

बैठकले वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई छलफल, अन्तक्र्रिया, संवाद, विचारगोष्ठी लगायतका विभिन्न रचनात्मक कार्यक्रमसहित मनाउन पार्टी कमिटी तथा जनवर्गीय संगठनहरुलाई आह्वान समेत गरेको छ । 

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ४ : ३९ बजे

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु