नागरिकमैत्री, स्वच्छ र पारदर्शी प्रहरी सेवा प्रदान गर्न गृहमन्त्रीको निर्देशन « Khabarhub

नागरिकमैत्री, स्वच्छ र पारदर्शी प्रहरी सेवा प्रदान गर्न गृहमन्त्रीको निर्देशन


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् । 

बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको स्थलगत निरीक्षण गर्दै मन्त्री गुरुङले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक सेवा प्रदान गर्न निर्देशन दिएका हुन् ।

साथै उनले प्रहरी सेवामा प्रविधिको प्रयोगको सन्दर्भमा सरकारले आवश्यक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले परिसरबाट भइरहेको कामकारबाही सेवा प्रवाह र अपराध अनुसन्धानका विषयमा जानकारी लिएको परिसर प्रमुख एसएसपी थापाले बताए । 

त्यस्तै एसएसपी थापाले काठमाडौंमा १३ सय भन्दा बढी सिसिटिभी रहेकोमा जेन-जी आन्दोलनका क्रममा भएको तोडफोडपछि ९ सय ३७ वटा सिसिटिभी पुनः जडान भइसकेको जानकारी दिए । 

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १ : ०४ बजे

चेन्नाईलाई हराउँदै हैदरावाद आईपीएल तालिकाको तेस्रो स्थानमा

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा

डलरको मूल्य १५४ नाघ्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ