५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण « Khabarhub

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो मिशन ‘आर्टेमिस–२’ ले सफलतापूर्वक उडान भरेको छ।

नासाले यसलाई अद्भूत दृश्य भनेको छ । पृथ्वीको कक्षमा नासाको अन्तरिक्षयान, १० दिने चन्द्र यात्रा सुरु गरेको हो ।

चार अन्तरिक्षयात्री बोकेर उडेको नासाको रकेटलाई उसले मानवताका लागि एक ऐतिहासिक उडान भनेको छ ।

प्रक्षेपणपछिको पत्रकार सम्मेलनमा नासाका एक अधिकारीले चालक दलका सदस्य ‘सुरक्षित र उच्च मनोबलमा’ रहेको जानकारी दिएका छन्।

उडान भरेको केही समयपछि अन्तरिक्षयात्री रीड वाइजम्यानले भने, ‘दृश्य अद्भूत छ, हामीले चन्द्रमा उदाएको निकै सुन्दर दृश्य देख्यौँ।’

बिबिसीका विज्ञान सम्पादकका अनुसार, प्रक्षेपण यति शक्तिशाली थियो कि रकेट उड्दाको बल शरीरभित्रै महसुस गर्न सकिन्थ्यो।

उडान भर्नुअघिका प्राविधिक समस्याहरू समाधान गर्दै ‘गो फर लन्च’ सम्मको घटनाक्रमलाई हाम्रा विज्ञान संवाददाताले समेटेका छन्।

१० दिने यस मिशनमा रहेका चार अन्तरिक्षयात्री चन्द्रमामा ओर्लिने भने छैनन्। उनीहरूले चन्द्रमालाई घेरेर परिक्रमा गर्नेछन्। यस क्रममा उनीहरू पृथ्वीबाट अहिलेसम्मकै सबैभन्दा टाढाको दूरीसम्म पुग्ने योजनामा छन्।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ६ : ४३ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ