नदी कटान रोक्न जैविक तटबन्ध « Khabarhub

नदी कटान रोक्न जैविक तटबन्ध


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरमा नदी नियन्त्रणका लागि दातृ निकाय र जनश्रमदानमा जैविक तटबन्ध निर्माण गरिएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकास्थित दोदा नदीको कटान रोक्न जैविक तटबन्ध निर्माण गरिएको पुनर्वास नगरपालिका– ७ का अध्यक्ष मुलचन्द रानाले नदी जानकारी दिए। हरेक प्रत्येक वर्ष नदीको बाढीबाट प्रभावित हुँदै आएको क्षेत्रमा तटबन्ध निर्माण गरिएको उनले बताए। 

‘हरेक वर्ष यहाँ करिब तीन सय परिवार बाढीबाट प्रभावित हुँदै आएका छन् । खेतीयोग्य जग्गा कटान हुँदै आएको छ । त्यसलाई रोक्न जैविक तटबन्ध निर्माण गरिएको हो’, वडाध्यक्ष रानाले भने । 

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मला रानाले यहाँको पुनर्वास र लालझाडी गाउँपालिका हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको बताए । उनले बाढी प्रभावित वडा नं १ र ४ मा जैविक तटबन्ध निमार्णको काम भइरहेको जानकारी दिए । 

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ, स्थानीय पालिका र जनश्रमदानमा नदी नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण गरिएको हो । सङ्घद्वारा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान)’ परियोजनाअन्तर्गत कञ्चनपुर र कैलाली जिल्लाका नदी तटीय क्षेत्रमा कटान तथा डुबान नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण गरिएको परियोजनाका संयोजक देवराज बडूले जानकारी दिए ।
     
उनका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकामा ७०० मिटर, लालझाडी गाउँपालिकामा ६०० र कैलालीको भजनी नगरपालिकामा ७००  मिटर जैविक तटबन्ध निर्माण गरिएको छे । पुनर्वासमा रु २९ लाख १३ हजार, लालझाडीमा ४४ लाख ७९ हजारको लागतमा तटबन्ध निर्माण गरिएको बडूले बताए। 

उनले भने, ‘परियोजना, पालिका र जनश्रमदानमा तटबन्ध निर्माण गर्ने थालिएको हो । स्थानीय स्रोतसाधनको प्रयोग र समुदायको सक्रिय श्रमदानका कारण यो तटबन्ध परम्परागत संरचनाभन्दा दिगो र वातावरणमैत्री छ ।’

परियोजना संयोजक बडूले जैविक तटबन्धले नदीको बहावलाई प्राकृतिक रूपमा व्यवस्थापन गर्ने भएकाले यसले दीर्घकालीन रूपमा भूक्षय रोक्न र तटीय क्षेत्रको जैविक विविधता संरक्षणमासमेत महत्त्वपूर्ण टेवा पुगाउने विश्वास व्यक्त गरे । 
 

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  २ : १८ बजे

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली