उर्वशीले दिइन् भाइलाई २३ लाख पर्ने बाइक उपहार ! « Khabarhub

उर्वशीले दिइन् भाइलाई २३ लाख पर्ने बाइक उपहार !


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड अभिनेत्री तथा मोडल उर्वशी रौतेलाले भाइलाई शानदार बाइक गिफ्ट दिएकी छिन् ।

दिपावलीको अवसर पारेर उनले आफ्नो भाइलाई २३ लाख भन्दा बढी नेपाली रुपैयाँ पर्ने बाइक उपहार दिएकी हुन् । उनको गिफ्ट पाएर भाइ पनि निकै खुशी बनेका छन् । उर्वशीले भाइलाई क्रुजर बाइक गिफ्ट दिएकी हुन् ।

उनका भाइ यशराजले दिदीले दिएको गिफ्टबाट निकै खुशी बनेका छन् । भाइलाइ बाइक उपहार दिएपनि उनीहरुले यो वर्षको दिपावली भने सँगै मनाउन पाएनन् । पाइलट भएका कारण भाइ पोर्चुगलमा थिए । आफूलाई दिदीले दिएको गिफ्टमा खुशी मनाउँदै यशराजले ट्वीटरमार्फत खुशी व्यक्त गरेका हुन् ।

यो भन्दा पहिले अभिनेता राजकुमार राव ले पनि क्रुजर मोटरसाइकल खरिद गरेका थिए । भाइलाइ उक्त बाइक गिफ्ट गर्दै उनले लेखेकी थिइन्– ‘अब मरो भाइसँग दुनियाको सवैभन्दा राम्रो बहान छ । हाम्रो वर्षमा कहिले काहीँ मात्र भेट हुन्छ । यो वर्ष मैले भाइलाइ सबैभन्दा धेरै मिस गरेँ ।’

यो बाइकको भारतीय बजारमा मूल्य १४.६९ लाख भारु पर्छ । यसमा Milwaukee-Eight 107 V-Twin इन्जिन जडान गरिएको छ । यसको पावरका बारेमा कम्पनीले केही खुलाएको छैन । तर पनि ८० बीपीएचको पावर दिने बताइन्छ । यसको तौल ३०९ किलोग्राम रहेको छ । भारतमा यसलाई डुकटी र यमाहाको भी–म्याक्स बाइकसँग तुलना गरिन्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १० : १४ बजे

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा

पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’ सम्झौता

डुम्रे– तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव