दलित समुदायसँग रविले मागे माफी « Khabarhub

दलित समुदायसँग रविले मागे माफी


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायसँग सार्वजनिक क्षमा याचना मागेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा आज उनले आजसम्म भएका विभेद र अन्यायको विषयमा हात जोडेर माफी मागेका हुन् ।

सरकारको तर्फबाट सार्वजनिक रुपमा प्रतिनिधि सभामै पार्टी अध्यक्ष लामिछानेले प्रधानमन्त्री सहित आफूले क्षमा याचना मागेको उल्लेख गरे ।

‘म देशको दलित समुदायलाई सार्वजनिक क्षमा याचना सहित केही भन्नु छ । यो सरकार शताब्दीदेखिको विभेदको अन्यायको अत्याचारको इतिहाससँग पहिलो पटक सामूहिक र सार्वजनिक रुपले माफी माग्दैछ ।’ लामिछानेले हात जोड्दै भने, ‘आजसम्मको विभेद सामाजिक गल्ती थिएन, सांगठनिक अपराध थियो । जसका हातमा सिप थियो तिनलाई हामीले अछुतो मान्यौं । अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन ।’

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ३ : ०२ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।