गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने « Khabarhub

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी अर्याललाई संसद चलाउने ऐतिहासिक जिम्मेवारी पाउने भएका छन् ।

बहुमतसहितको राष्ट्रिय स्वतन्त्र पार्टीले डिपीलाई सभामुखमा अगाडि बढाउने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव राखेर सर्वसम्मत रुपमा डिपीलाई सभामुखमा पठाउने निर्णय भएको छ ।

यसअघि बालेन्द्र शाह नेतृत्वको सरकार डिपी गृहमन्त्री बन्ने चर्चा चलेको थियो । त्यति बेला बालेन र रविबीच डिपीलाई सभामुखमा अघि बढाउने सहमति भएको स्रोतले बतायो ।

पार्टी सभापति रवि र प्रधानमन्त्री बालेन्द्र शाहको सल्लाहमै अर्याल सभामुख बन्न लागेका हुन् । सुरुमा गृहमन्त्रीमा अर्यालको र सभामुखमा सोबिता गौतमको नाम आएपनि गृहमन्त्रीमा बालेनले सुदन गुरुङलाई नियुक्त गरेका थिए भने गौतमलाई कानुनमन्त्री बनाइएको छ।

२०७९ को निर्वाचनमा समानुपातिक सांसद भएका डिपी पार्टीका शीर्ष नेता हुन् । उनी पार्टी सभापति रवि लामिछाने कारागार चलान हुँदा पार्टीको नेतृत्वमा रहेर काम गरेका व्यक्ति हुन्। पार्टीमा समन्वयकारी भूमिकामा देखिएका उनी सभामुख हुने पक्कापक्की भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँग १८२ अर्थात् बहुमतभन्दा दुई सिट कम सङ्ख्या छ। सभामुख सत्तापक्षको भएपनि संविधानअनुसार उपसभामुख प्रतिपक्ष र फरक लिङ्गको हुनुपर्नेछ। त्यसकारण उपसभामुख कुन दलले पाउँछ भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन।

२०७९ को निर्वाचनपछि श्रम मन्त्री बनेका डिपी उद्योगी व्यवसायी हुन् । तर उनले सभामुख पदलाई कुशलतापूर्वक निर्वाह गर्न सक्ने व्यक्ति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू बताउँछन् ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  १० : २९ बजे

एमालेको निष्कर्ष : सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढ्यो

काठमाडौँ– नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि) सार्वजनिक गरेको छ ।

खस्किएको भी-टेनको क्रेज

काठमाडौँ- भी-टेनले सार्वजनिक अन्तर्वार्तामा भनेअनुसार उनका बुवा स्वयम्भू आसपास फर्निचरको

आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने

काठमाडौँ– गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश

मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालेन सरकारको स्वास्थ्य बजेट

काठमाडाैँ- सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब