अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट « Khabarhub

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने संकेत दिएका छन् । सन् २०२६ को विश्वकपका लागि छनोट हुन असफल भएसँगै पोल्यान्डको फुटबलमा एउटा स्वर्णिम युग समाप्त हुने सम्भावना देखिएको हो ।

स्टकहोममा भएको प्लेअफ फाइनलमा स्विडेनसँग ३–२ ले पराजित भएपछि ३७ वर्षीय लेवान्डोव्स्की निराश देखिएका थिए । उक्त हारसँगै पोल्यान्डको विश्वकप यात्रामा पूर्णविराम लागेको छ । खेल सकिएको केही घण्टापछि लेवान्डोव्स्कीले सामाजिक सञ्जालमा मैदानबाट बाहिरिँदै गरेको भावुक तस्बिर पोस्ट गरेका छन् ।

उनले उक्त तस्बिरको पृष्ठभूमिमा सारा ब्राइटम्यान र आन्द्रेआ बोसेलीको चर्चित गीत ‘टाइम टु से गुडबाय’ राखेका छन् । यसलाई धेरैले उनको अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुने औपचारिक संकेतका रूपमा व्याख्या गरेका छन् ।

बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने लेवान्डोव्स्की र पूर्वप्रशिक्षक मिखाल प्रोबिर्जबीचको विवादपछि उनी गत अगस्टमा मात्र टोलीमा फर्किएका थिए । तर, पोल्यान्ड विश्वकपमा पुग्न नसक्दा उनको लामो र कीर्तिमानी अन्तर्राष्ट्रिय करियर कुनै ठूलो उपलब्धिविना नै टुंगिने देखिएको छ ।

अर्को विश्वकप चार वर्षपछि मात्र हुने भएकाले ३७ वर्षीय यी फरवार्डका लागि यो हार करियरकै सबैभन्दा पीडादायक बनेको छ । सन् २००८ मा डेब्यु गरेका लेवान्डोव्स्कीले २०१४ देखि टोलीको कप्तानी सम्हाल्दै आएका छन् । उनले पोल्यान्डका लागि १६५ खेलमा ८९ गोल गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ६ : ३२ बजे

कांग्रेसले सरकारलाई भन्यो : आयोगले नाम तोकेकालाई राजनीतिक संरक्षण होइन, कारबाही गरियोस्

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय मानवअधिकार आयोगले बुधबार

अन्तर्राष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित : परराष्ट्रमन्त्री

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको विकास, आर्थिक

ट्रम्पले ओमनलाई ध्वस्त पार्ने धम्की दिएपछि इरान क्रुद्ध

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमनलाई ध्वस्त पार्ने धम्की दिएपछि

शान्ति वार्ताअघि लेबनानमा इजरायलको हवाई हमला, साइडनमा तीन जनाको मृत्यु

काठमाडौं- लेबनानमा इजरायलले हवाई आक्रमण तीव्र पारेको छ । दक्षिणी

समयमा उद्दार नहुँदा मर्‍यो हिलोमा गाडिएको जंगली हात्तीको छावा

इनरुवा– बराहक्षेत्र नगरपालिका–२ स्थित बिसआरडीस्थित गहने खोलामा जङ्गली हात्तीको छावा