स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता « Khabarhub

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न अस्पतालहरूमा काज मिलाएर बस्दै आएका विशेषज्ञ चिकित्सकविरुद्ध सरकार कडा रूपमा उत्रिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नवनियुक्त मन्त्री निशा मेहताको नेतृत्वमा यस्तो प्रवृत्तिमाथि अङ्कुश लगाउँदै २१ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको मूल दरबन्दीमा फिर्ता पठाएको हो । मन्त्रालयका अनुसार मङ्गलवार पहिलो चरणमा १४ जना र बुधवार थप ७ जना गरी कुल २१ जनालाई फिर्ता गरिएको छ ।

काजको नाममा प्रभाव र पहुँच प्रयोग गर्दै राजधानी तथा सुगम क्षेत्रका ठूला अस्पतालमा बस्ने प्रवृत्ति संस्थागत जस्तै बन्दै गएको थियो । यसले दुर्गम तथा क्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सकको गम्भीर अभाव सिर्जना गरेको थियो ।

मन्त्री मेहताले पदभार सम्हालेलगत्तै स्वास्थ्य सेवा प्रणालीको वास्तविक अवस्थाबारे समीक्षा गर्दै “जहाँ दरबन्दी, त्यही सेवा” भन्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय लिएकी हुन् । काजमा बस्ने अधिकांश चिकित्सकहरू दुर्गम क्षेत्रमा खटाइएका भए पनि पहुँचका आधारमा सुगममै बस्दै आएका थिए ।

मन्त्री मेहताले पदभार सम्हालेलगत्तै स्वास्थ्य सेवा प्रणालीको वास्तविक अवस्थाबारे समीक्षा गर्दै “जहाँ दरबन्दी, त्यही सेवा” भन्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय लिएकी हुन् ।

कसलाई कहाँ पठाइयो ?

गजेन्द्रनारायण सिंह अस्पतालमा ५ जना
भरतपुर अस्पताल, चितवनमा काजमा रहेकी डा. रोहिता बज्राचार्यलाई त्यहाँबाट गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ । त्यस्तै कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट डा. जोसनलाल बज्राचार्य, कोशी अस्पताल विराटनगरबाट डा. विशाल कुमार देव, लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट डा. प्रकाश ढकाल तथा कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट डा. सुशील समदर्शीलाई समेत सोही अस्पतालमा फिर्ता पठाइएको छ ।

डडेलधुरा अस्पतालमा ४ जना
डडेलधुरा अस्पतालमा दरबन्दी भएर अन्यत्र काजमा रहेका ४ जना विशेषज्ञलाई मन्त्रालयले फिर्ता पठाएको छ । जसमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. सन्तोषकुमार गुप्ता, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. मिसन्ता शर्मा, बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका डा. सुयोग्य वाग्ले रहेका छन् । डडेलधुरा अस्पतालकै डा. नवीन चन्द्र भट्टलाई भने सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काज फिर्ता गरिएको छ ।

नारायणी अस्पताल, पर्सामा ५ जना
मन्त्रालयद्वारा जारी सूचीअनुसार वीर अस्पताल, काठमाडौँमा कार्यरत डा. सोनिका घरी श्रेष्ठलाई नारायणी अस्पताल पठाइएको छ । त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा. संजोग तिमिल्सिना, लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट डा. अरुण ज्ञवाली, स्वास्थ्य सेवा विभाग, काठमाडौँबाट डा. मुकेश पौडेल र कान्ति बाल अस्पताल, काठमाडौँबाट डा. दिपेश भट्टराईलाई पनि नारायणी अस्पताल पठाइएको छ ।

थप ७ जना चिकित्सकको काज मिलान
पहिलो चरणमा १४ जनाको काज फिर्ता गरेपछि मन्त्रालयले दोस्रो चरणमा थप ७ जनालाई पनि दरबन्दी भएकै संस्थामा पठाएको छ । निर्णयअनुसार कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीर अस्पतालमा काजमा रहेका विशेषज्ञहरूलाई भेरी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, नारायणी अस्पताल र गजेन्द्रनारायण सिंह अस्पतालमा फिर्ता पठाइएको छ ।

काज फिर्ता गरिएका सात जना विशेषज्ञमध्ये डा. दिनेश शिवाकोटी (वरिष्ठ कन्सल्टेन्ट डर्माटोलोजिस्ट) लाई कान्ति बाल अस्पतालबाट भेरी अस्पताल, नेपालगन्ज पठाइएको छ । त्यस्तै डा. चुनु दर्नाल (कन्सल्टेन्ट ईएनटी सर्जन) लाई भरतपुर अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र डा. प्रमोद कट्टेल (वरिष्ठ कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ) लाई परोपकार प्रसूति अस्पतालबाट पोखरा प्रतिष्ठान पठाइएको छ ।

मन्त्रालयमै काजमा उच्च तहका कर्मचारी
स्वास्थ्य मन्त्रालयले नवौँ र दसौँ तहका कर्मचारीको काज फिर्ता गरिरहँदा माथिल्लो तहका चिकित्सक भने दरबन्दी भएको अस्पताल छोडेर मन्त्रालयमै काजमा बसिरहेका छन् । मन्त्रालयको तथ्याङ्कअनुसार हाल मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको दरबन्दी वीर अस्पतालमा भए पनि उनी मन्त्रालयमै कार्यरत छन् ।

त्यस्तै डा. सरोज शर्मा वीर अस्पतालका ११औँ तहका कर्मचारी भए पनि करिब डेढ वर्षदेखि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुखका रूपमा काजमा छन् । कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद पौडेल पनि दरबन्दी छोडेर हाल स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् । उनी यसअघि मन्त्रालयमै काजमा थिए ।

तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलकै पालामा दरबन्दीमा फर्कन निर्देशन दिइए पनि उनीलगायत केही चिकित्सकले अटेरी गर्दै आएको बताइएको छ ।

तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलकै पालामा दरबन्दीमा फर्कन निर्देशन दिइए पनि उनीलगायत केही चिकित्सकले अटेरी गर्दै आएको बताइएको छ । करिब चार वर्षदेखि काजमा रहेका डा. पौडेललाई उच्च पहुँचका कारण फिर्ता पठाउन नसकिएको यसअघिका स्वास्थ्यमन्त्रीले नै स्वीकार गरेका थिए ।

यसअघि काजमा रहेका डा. अनुप बाँस्तोला भने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल फर्किसकेका छन् । नरदेवी अस्पतालका डा. पुष्पराज पौडेल (१०औँ तह) पनि अझै मन्त्रालयमै काजमा छन् । त्यस्तै वीर अस्पतालकी स्टाफ नर्स श्रेया सुवेदी पनि करिब डेढ वर्षदेखि मन्त्रालयमै कार्यरत रहेको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १० : २३ बजे

सेना प्रमुखलाई पद छाड्न अमेरिकी युद्धमन्त्रीको निर्देशन, पेन्टागनमा खैलाबैला

काठमाडौं- अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध चर्काइरहेका बेला अमेरिकी युद्धमन्त्री

आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम

वाशिङ्टन डीसी- नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको