झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते « Khabarhub

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने क्रममा छतबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा भद्रपुर नगरपालिका–५ राजनचोक बस्ने ३४ वर्षीय ओपेन राजवंशी हुन् ।

सङ्गम चोक बस्ने भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको दुईतले पक्की घर भत्काउने क्रममा घरको बिम लड्दा छतबाट खसेर राजवंशी र सोही वडाका ३५ वर्षका धर्मेन्द्र यादव घाइते भएका थिए ।

दुवै घाइतेलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले राजवंशीलाई मृत घोषणा गरेको प्रवक्ता खड्काले बताए । यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ९ : ५५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह