आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित « Khabarhub

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार राति सकिएको खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराउँदै पञ्जाबले सहज जित हात पारेको हो ।

चेन्नईले दिएको २१० रनको लक्ष्य पञ्जाबले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍याे । पञ्जाबका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेले ।

यस्तै, प्रभसिमरन सिंहले ४३, प्रियान्स आर्यले ३९, कुपर कोनलीले ३६, शशांक सिंहले १४ तथा नेहाल बढेराले १० रन लिए ।

चेन्नईका म्याट हेनरी र अन्शुल कम्बोजले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०९ रन बनाएको थियो ।

चेन्नईका आयुष मात्रयले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, शिभम दुवेले ४५, सरफराज खानले ३२, रितुराज गायकवाडले २८, सञ्जु स्यामसनले १४ रन बनाए ।

पञ्जाबका विजयकुमार वैशकले २ तथा जेभियर ब्राटलेट, मार्को यानसन र युजभेन्द्र चहलले समान १ विकेट लिए ।

लगातार दोस्रो जित निकालेको पञ्चाब ४ अंकसहित शीर्षस्थानमा रहेको छ भने पराजित भएको चेन्नई अंकविहीन छ ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ७ : ४८ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्