आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित « Khabarhub

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार राति सकिएको खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराउँदै पञ्जाबले सहज जित हात पारेको हो ।

चेन्नईले दिएको २१० रनको लक्ष्य पञ्जाबले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍याे । पञ्जाबका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेले ।

यस्तै, प्रभसिमरन सिंहले ४३, प्रियान्स आर्यले ३९, कुपर कोनलीले ३६, शशांक सिंहले १४ तथा नेहाल बढेराले १० रन लिए ।

चेन्नईका म्याट हेनरी र अन्शुल कम्बोजले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०९ रन बनाएको थियो ।

चेन्नईका आयुष मात्रयले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, शिभम दुवेले ४५, सरफराज खानले ३२, रितुराज गायकवाडले २८, सञ्जु स्यामसनले १४ रन बनाए ।

पञ्जाबका विजयकुमार वैशकले २ तथा जेभियर ब्राटलेट, मार्को यानसन र युजभेन्द्र चहलले समान १ विकेट लिए ।

लगातार दोस्रो जित निकालेको पञ्चाब ४ अंकसहित शीर्षस्थानमा रहेको छ भने पराजित भएको चेन्नई अंकविहीन छ ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ७ : ४८ बजे

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि