फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर « Khabarhub

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर लगाइएको छ ।

गृह मन्त्रालयको निर्देशन अनुसार आज (शनिबार) बिहानैदेखि तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचना भत्काउन थालिएको हो ।

यस्तै, चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यको पोखरास्थित होटल वाटर फ्रन्टमा पनि डोजर चलेको छ । वाटर फ्रन्टको स्विमिङ पुल, गेट लगायत संरचनामा शनिबार बिहानै प्रहरीले डोजर चलाएको हो ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतका अनुसार जिल्ला प्रहरी कार्यालय, बैदाम प्रहरी, नगर प्रहरी र सशस्त्र गरी झण्डै डेढ सय प्रहरीलाई फिल्डमा खटाइएको छ ।

संरचना भत्काउन थालेपछि केही स्थानीयले असहमति जनाएका छन् ।

केही दिन पहिले प्रधानमन्त्री वालेन्द्र शाह र मेयर धनराज आचार्यबीच फेवालातको विषयमा टेलिफोनमा कुराकानी भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ९ : २९ बजे

मार्तडी-कोल्टी सडकखण्ड : तीन महिनापछि खुलाउन  सुरु 

बाजुरा– पूर्वी–उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडकखण्ड तीन महिनापछि खुलाउने काम

थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालियो

मनाङ- अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले

पदाधिकारी पदमुक्तिको कानुनी रिक्तता हटाउन विधेयक ल्याएका हौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक पदाधिकारीको

हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा

न्युयोर्क- इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने विषयमा इरानले राखेको

प्रधानमन्त्रीले बोलाए ३ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्ने भएको छ ।