गोलकिपर अन्जिला भन्छिन्– राजनीतिको फोहोरी खेलले हाम्रो अवसर खोस्यो « Khabarhub

गोलकिपर अन्जिला भन्छिन्– राजनीतिको फोहोरी खेलले हाम्रो अवसर खोस्यो


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जिला तुम्बापो सुब्बाले खेलकुद क्षेत्रभित्रको राजनीतिक खिचातानीप्रति कडा असन्तुष्टि जनाउँदै त्यसले खेलाडीहरूको भविष्य र अवसरमाथि गम्भीर असर पारेको बताएकी छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच उत्पन्न विवादका कारण नेपालले थाइल्यान्डमा आयोजना हुने फिफा सिरिज खेल गुमाएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा सार्वजनिक गरेकी हुन्। उक्त सिरिज अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउने महत्वपूर्ण अवसरका रूपमा लिइन्थ्यो।

अन्जिलाले दशकौँको मेहनत एकैछिनमा समाप्त भएको अनुभूति भएको उल्लेख गर्दै लेखेकी छन्, १० वर्ष एउटा दशक हो। एउटा खेलाडीले त्यो अवधिमा घाम, पानी, चोटपटक र अनेकौँ अभाव सहँदै आफ्नो स्थान बनाउँछ। तर, आज हाम्रो त्यही मेहनतलाई केही व्यक्तिको स्वार्थ र राजनीतिक खेलले केही मिनेटमै समाप्त गरिदियो।

उनका अनुसार अन्तर्राष्ट्रिय खेल खेल्न पाउनु कुनै सामान्य अवसर नभई खेलाडीका लागि एउटा उत्सव र जीवनकै ठूलो उपलब्धि हो। तर अन्तिम समयमा आएर त्यस्तो अवसर खोसिँदा त्यसको पीडा शब्दमा व्यक्त गर्न नसकिने उनले बताएकी छन्।

तपाईंहरू समाचार पढेर ‘अफसोस’ मात्र व्यक्त गर्नुहुन्छ, तर मैदानमा उत्रन नपाउँदा एउटा खेलाडीको मन कति पटक मर्छ, त्यो हामीले मात्र महसुस गर्न सक्छौँ, उनले भनेकी छन्।

अन्जिलाले खेल क्षेत्रमा भइरहेको राजनीतिक हस्तक्षेपले नयाँ पुस्ताको भविष्यसमेत अन्योलमा परेको उल्लेख गर्दै सम्बन्धित निकायसँग जवाफ मागेकी छन्। आज तपाईंहरूले आफ्नो स्वार्थ पूरा गर्नुभयो होला, तर भोलिका खेलाडीलाई के जवाफ दिनुहुन्छ ? जब खेलाडीको भविष्य नै सुरक्षित छैन भने कसले आफ्नो जीवन फुटबलमा समर्पण गर्ने ? उनले प्रश्न गरेकी छन्।

उनले खेलाडीको मेहनत र त्यागलाई राजनीतिक स्वार्थको साधन नबनाउन आग्रह गर्दै खेललाई खेलकै रूपमा विकास गर्नुपर्ने धारणा राखेकी छन्। ‘हामी देशका लागि खेल्न चाहन्छौँ, कसैको अहंकारका लागि होइन। खेललाई राजनीतिको अखडा नबनाइदिनुस्,’ उनको अपिल छ।

अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउँदा  एउटा खेल नभई खेलाडीको आत्मविश्वास, करियर र राष्ट्रको प्रतिष्ठामा समेत असर पर्ने उनले बताएकी छन्। हामीलाई मैदान चाहिन्छ, राजनीति होइन,उनले स्पष्ट पारेकी छन्।

यस घटनाले नेपाली खेलकुद क्षेत्रमा देखिँदै आएको संस्थागत द्वन्द्व र राजनीतिक हस्तक्षेप पुनः सतहमा ल्याएको छ। खेलाडीहरू लगातार प्रभावित भइरहँदा सरोकारवाला निकायले समयमै समाधान नखोजे स्थिति अझ जटिल बन्न सक्ने देखिन्छ।

खेलाडीहरूको आवाजलाई गम्भीर रूपमा लिँदै सम्बन्धित निकायले पारदर्शी र जिम्मेवार निर्णय लिनुपर्ने आवश्यकता औँल्याइएको छ। अन्यथा, यस्ता घटनाले नेपाली खेलकुदको समग्र भविष्यमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने निश्चित छ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ५ : ५९ बजे

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा

मधेस प्रदेशमा हरियाली क्षेत्र बढाउन आग्रह

धनुषा – मधेस प्रदेशका सभामुख रामअशिष यादवले मधेस प्रदेशमा तीन

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ – आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

अमेरिकाका दुई सैन्य विमान र हेलिकोप्टरमा इरानी आक्रमण, एक चालक बेपत्ता

काठमाडाैं – इरानसँगको तनाव सुरु भएको एक महिनापछि डोनाल्ड ट्रम्पले

आईपीएल : दिल्लीको लगातार दोस्रो जित, मुम्बई ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आठौँ खेलमा दिल्ली