जुम्ली किसानले राखे मार्सी धानको बेर्ना « Khabarhub

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ । परम्परागत रीतिरिवाजअनुसार चैत १२ गते घरमा उमारेको बीउ चैत २० गते बेर्ना राख्ने चलन रहिआएकाले यस वर्ष पनि सोहीअनुसार गरिएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिए ।

पुरानो संस्कारअनुसार चैत १२ गते बीउलाई बोराभित्र राखेर पानीमा भिजाइन्छ । १६ गते बाहिर निकालिन्छ र २० गते बेर्नाका लागि छरिन्छ । यहाँ हरेक वर्ष चैत २० गते बेर्ना छर्ने गरिन्छ भने चैत १२ गते स्थानीय पर्व बारुवाँ मनाउने गरिन्छ ।

यहाँको परम्पराअनुसार चन्दननाथ, भैरवनाथ, कनकासुन्दरी, मष्टो, कालिका, मालिका देवतालाई र आ–आफ्ना कुलदेवतालाई सम्झेर चैत १२ देखि धान उत्पादन गर्ने चलन रहेको स्थानीय रमानन्द आचार्यले बताए ।

कर्णाली प्रदेश सरकारले पनि यहाँ चैत १२ लाई बारुवाँ दिवसका रूपमा मान्यता दिएको छ । विसं २०७७ जेठ १२ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले जुम्लामा चैत १२ गते धान दिवस मनाउने भनी निर्णय गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारीले बताए ।

जिल्लामा दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ, जसमध्ये एक हजार ६८ हेक्टर अर्थात् ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  १० : ४१ बजे

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा

आज विश्व आदिवासी दिवस मनाइँदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ– विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, बीपी र कान्ति लोकपथको यात्रामा रोक

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा सडक कटानका कारण देशका