आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित « Khabarhub

आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी)ले चेन्नाई सुपर किंग्सलाई ४३ रनले पराजित गरेको छ ।

घरेलु मैदान चिन्नास्वामी स्टेडियममा आइतबार राति भएको खेलमा बेङ्गलोरुले प्रस्तुत गरेको २५१ रनको विशाल लक्ष्य पछ्याएको चेन्नाई १९.४ ओभरमा सबै विकेट गुमाउँदै २०७ रनमा समेटिएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेङ्गलोरुले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर २५० रनको विशाल योगफल तयार पारेको थियो । यो जारी सिजनकै उच्च स्कोर हो ।

बेङ्गलोरुका लागि मध्यक्रमका ब्याटर टिम डेभिडले विष्फोटक ब्याटिङ गर्दै मात्र २५ बलमा ७० रनको योगदान दिए । उनले आफ्नो इनिङ्समा ८ छक्का र ३ चौका प्रहार गरे । त्यस्तै, देवदत्त पडिक्कलले २९ बलमा ५० रन र ओपनर फिल साल्टले ३० बलमा ४६ रन बनाए । कप्तान रजत पातिदारले समेत विष्फोटक ब्याटिङ गर्दै १९ बलमा ४८ रन जोडेपछि बेङ्गलोरु बलियो स्थितिमा पुगेको थियो ।

चेन्नाईका लागि अंशुल कम्बोज, जेमी ओभरटन र शिवम दुबेले समान १–१ विकेट लिए पनि उनीहरु महंगो सावित भए ।

२५१ रनको विशाल लक्ष्य पछ्याएको चेन्नाईको सुरुवात निकै खराब रह्यो । ९ रनमै कप्तान रुतुराज गायकवाडलाई गुमाएको चेन्नाईले लगातार विकेट गुमाएपछि दबाबमा आएको थियो ।

चेन्नाईका लागि सरफराज खानले २५ बलमा ५० र प्रशान्त वीरले २९ बलमा ४३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । जेमी ओभरटनले १६ बलमा ३७ रनको योगदान दिएका थिए । तर, अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा चेन्नाईले लक्ष्य भेट्न सकेन ।

बेङ्गलोरका बलर भुवनेश्वर कुमारले ४ ओभरमा ४१ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट हात पार्दा अभिनन्दन सिंह, ज्याकोब डफी र क्रुनाल पाण्ड्याले २–२ विकेट लिए ।

यो जितसँगै आरसीबी लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिको छ । समाचार चार अंक भएका अपराजित राजस्थान, दिल्ली र पञ्जाब क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । आईपीएल यो सिजनमा चेन्नईको यो लगातार तेस्रो हार हो ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ६ : ०८ बजे

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक