आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा « Khabarhub

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा बसिरहेको छ । यसअघि आइतबार मात्रै बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको थियो ।

प्रधानमन्त्री बालेनले आकस्मिक बैठक बोलाएकाले केही महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ । बैठक दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको छ।

गृहमन्त्री सुधन गुरुङको काभ्रेस्थित रोशी खोला निरीक्षण कार्यक्रमअघि प्रधानमन्त्रीले यो बैठक आह्वान गरेका हुन् ।

यो मन्त्रिपरिषद्को बैठकका एजेन्डाबारे प्रधामन्त्रीको सचिवालय र मन्त्रीहरूले अहिलेसम्म केही खुलाएका छैनन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद्को बैठकमा सहभागी भएपछि मात्रै गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रस्थान गर्नेछन् ।

वर्षायाममा हुने बाढी र स्थानीयको समस्याबारे स्थलगत अध्ययन गर्न जानुअघि मन्त्रिपरिषद् महत्त्वपूर्ण विषयमा छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १ : ०६ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,