१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता  « Khabarhub

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का ७ हजार ५ सय ४७ घटनामा १४० जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । विपद्का कारण १ हजार ९ सय ६५ जना घाइते भएका छन् भने कुल १४ हजार ३ सय ५५ परिवार प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी प्रभाव बाढी र पहिरोबाट परेको छ । बाढीका ३३६ घटनामा ३१ जनाको मृत्यु, २७ जना बेपत्ता र १५ जना घाइते भएका छन् भने ३ हजार ३०५ परिवार प्रभावित भएका छन् । 

त्यसैगरी, पहिरोका ६३१ घटनामा ६७ जनाको मृत्यु, ५ जना बेपत्ता र ३२ जना घाइते भएका छन् । पहिरोबाट १२ हजार ५६६ परिवार प्रभावित भएका छन् । 

चट्याङका ५७६ घटनामा ३४ जनाको मृत्यु र १० जना घाइते भएका छन् । आगलागीका १ हजार ५६२ घटनामा १०५ जनाको मृत्यु, ६ जना घाइते र ५ हजार ३६५ परिवार प्रभावित भएका छन् । वन डढेलोका ३२८ घटनामा २ जनाको मृत्यु र ३ जना घाइते भएका छन् ।

यस्तै, हावाहुरीका ३७७ घटनामा १३ जना घाइते भएका छन् भने ३ हजार ७६५ परिवार प्रभावित भएका छन् । जनावर आक्रमणका ५०३ घटनामा ५ जनाको मृत्यु, १ जना बेपत्ता र ३६४ जना घाइते भएका छन्। साथै, उच्च लेक लाग्ने (हाई एल्टिच्युड) का १९१ घटनामा ३६ जना घाइते भएका छन् ।

हिमपातका ५ घटनामा ४ जना घाइते भएका छन् भने सडक दुर्घटनाबाहेक अन्य विविध घटनामा पनि मानवीय क्षति भएको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ५ : २२ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा