शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी  « Khabarhub

शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी 


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने तथा अग्रिम शुल्क असुल गर्ने विद्यालयलाई कारबाही गर्न निर्देशन दिएको छ ।

केही विद्यालयहरूले नियम विपरीत भर्ना प्रक्रिया अघि बढाउँदै चर्को शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन दिइएको हो । विशेषगरी निजी विद्यालयहरूले ‘एन्युअल फी’ शीर्षकमा भर्ना शुल्क उठाउँदै आएको पाइएको छ ।

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका ७५३ वटै स्थानीय तहलाई विद्यालयहरूको अनुगमन गर्न र नियम उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।

कतिपय विद्यालयले शैक्षिक सत्र सुरु नहुँदै भर्ना गर्ने, स्वीकृत शीर्षकभन्दा बाहिर गएर शुल्क लिने तथा कक्षा परिवर्तन हुँदा समेत पटक–पटक भर्ना शुल्क लिने गरेको भन्दै मन्त्रालयले यस्ता गतिविधिलाई गैरकानुनी भनेको छ ।

शिक्षा नियमावली, २०५९ को परिच्छेद १५ अनुसार शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गर्न नपाइने स्पष्ट व्यवस्था रहेको मन्त्रालयले जनाएको छ । साथै, सर्वोच्च अदालतको फैसलाअनुसार नियम विपरीत लिइएको अग्रिम शुल्क तत्काल फिर्ता गराउन पनि निर्देशन दिइएको छ ।

मन्त्रालयले अटेरी गर्ने विद्यालयलाई आवश्यक कारबाही गरिने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ५ : ३५ बजे

इन्धन मूल्य वृद्धिबीच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडौं – विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि