बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु « Khabarhub

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर मृत्यु भएको हो ।

शाही सोमबार साँझ काम गरेर घर फर्कने क्रममा भिरबाट लडेकी शाहीको आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डम्बर बोहराले जानकारी दिए । शाही काम गरेर साँझ घर नफर्किने क्रममा भिरबाट लडेको हुन सक्ने आशङ्का गरिएको छ ।

राति अबेरसम्म घर नआएपछि आफन्तले खोजी गरेका थिए । आज बिहान ९ बजे निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको नहरमा शव फेला परेको प्रहरी निरीक्षक बोहराले बताए । अप्ठ्यारो बाटोमा यात्रा गर्दा उछिट्टिएर नहरमा खसेको उनको भनाइ छ ।

प्रहरी निरीक्षक बोहराले भने, ‘नहरमाथि भिर रहेछ, साँझको बेला हिँड्दा उछिट्टिएर तल खसेको जस्तो देखियो, पछ्यौरा, कोदालोसहितका केही सामान पनि भिरमा अड्किएको अवस्थामा फेला परेको छ ।’ 

शाहीको शवपरीक्षणका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल ल्याइएको प्रहरी निरीक्षक बोहराले बताए । शाही बाटोदेखि करिब ५० मिटर तल नहरमा खसेको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ५ : ५१ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा