१३औं सागको उद्घाटन अगावै तीन खेल शुरु हुने « Khabarhub

१३औं सागको उद्घाटन अगावै तीन खेल शुरु हुने


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आउँदो १५ गतेबाट शुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत प्रतियोगिता अगावै तीन वटा खेल हुने भएको छ ।

उद्घाटनअघि भलिबल, उसु र प्याराग्लाइडिङका खेल शुरू हुनेछन् । उक्त खेलहरु काठमाडौं, ललितपुर र पोखरामा खेलाइने जनाइएको छ ।

भलिबल ११ मंसीरबाट, उसु १३ मंसीरबाट र प्याराग्लाइडिङ १४ मंसीरबाट शुरू हुनेछ। भलिबल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ।

उसु ललितपुरको लगनखेलस्थित आर्मी फिजिकल एण्ड ट्रेनिङ सेन्टरमा हुनेछ। प्याराग्लाइडिङ भने पोखरामा हुनेछ।

१३औं सागको उद्घाटन र समापन त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुनेछ । २४ गतेसम्म हुने खेल काठमाडौं, पोखरा र जनकपुरमा खेलाइनेछन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ९ : १२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना