रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी « Khabarhub

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ’स्ट्रेट अफ हर्मुज’ खोल्न दिएको समयसीमा नजिकिँदै गर्दा इजरायलले इरानी जनतालाई रेल सेवा प्रयोग गरेमा उनीहरूको ज्यान जोखिममा पर्न सक्ने चेतावनी दिएको हो ।

इजरायली सेनाले सामाजिक सञ्जालमार्फत आफ्नो सुरक्षाका लागि इरानभरि रेलबाट यात्रा नगर्न इरानीहरूलाई आग्रह गरेको छ ।

’रेलमा र रेलवे लाइन नजिक तपाईंको उपस्थिति तपाईंको जीवनका लागि खतरनाक हुन सक्छ,’ उक्त सन्देशमा भनिएको छ।

ट्रम्पले अमेरिकी समय अनुसार मंगलबार साँझ ८ बजे (नेपाली समय बुधबार बिहान ५ः४५) सम्ममा ’स्ट्रेट अफ हर्मुज’ नखोले इरानका सबैखाले भौतिक पूर्वाधारमा प्रहार गर्ने धम्की दिँदै आएका छन्।

उनले दिएको समयसीमा सकिन लाग्दा इरानलाई एकै रातमा ध्वस्त पार्न सक्ने धम्की समेत दिएका छन्।’ पूरै देशलाई एकै रातमा सखाप पार्न सकिन्छ। र त्यो रात भोलि नै हुन सक्छ,’ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने।

अमेरिकासँग इरानका प्रत्येक पुलहरू ध्वस्त पार्ने योजना भएको पनि उनले दाबी गरे।

’केही घण्टाभित्रै इरानका हरेक पावर प्लान्टहरू काम नलाग्ने हुनेछन्, जल्नेछन्, विष्फोट हुनेछन् र फेरि कहिल्यै प्रयोगमा आउने छैनन्,’ उनले भने।

त्यस्तो भए अमेरिकाले युद्धपछि इरानको तेल नियन्त्रण गर्ने घोषणा गरेका छन्। ’विजेताकै हातमा लुटको धन हुन्छ,’ उनले जिकिर गरे।

ट्रम्पले दिएको समयसीमा अघि नै ४५ दिने युद्धविराम गराउन मध्यस्थकर्ताहरूले अन्तिम प्रयास गरिरहेका छन्। तर त्यो प्रयास सफल हुने सम्भावना कम हुँदै गएको मानिन्छ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ११ : ०३ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही