टेलिकमले दियो डेटा सकिएपछि ब्यालेन्स नकाटिने सुविधा: कसरी प्रयोग गर्ने ? « Khabarhub

टेलिकमले दियो डेटा सकिएपछि ब्यालेन्स नकाटिने सुविधा: कसरी प्रयोग गर्ने ?


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधानका लागि नयाँ सुविधा ल्याएको छ। यो सुविधासँगै ग्राहकले आफ्नो मोबाइलको ब्यालेन्सबाट डेटा चलाउने वा नचलाउने भन्ने विकल्प आफैँ रोज्न सक्नेछन्।

टेलिकमका अनुसार प्रयोगकर्ताले ‘पे एज यू गो’ सेवालाई आफ्नो इच्छाअनुसार सक्रिय वा निष्क्रिय पार्न सक्नेछन्। यो सुविधा प्रयोग गर्न ग्राहकले *४४४# डायल गर्नुपर्ने हुन्छ।

कसरी मिलाउने सेटिङ ?

सुरुमा मोबाइलमा *४४४# थिच्नुहोस्।

त्यसपछि स्क्रिनमा देखिने चौथो नम्बरको विकल्प ‘Enable/Disable PAYG’ छनोट गर्न ४ थिचेर सेन्ड गर्नुहोस्।

त्यहाँ तीनवटा विकल्प देखिनेछन्:
Disable : डेटा प्याकेज सकिएपछि मेन ब्यालेन्सबाट पैसा नकाटियोस् भन्नका लागि १ थिचेर सेन्ड गर्नुहोस्।
Enable : प्याकेज नभए पनि मेन ब्यालेन्सबाटै डेटा चलाउनुपर्ने भएमा २ थिचेर सेन्ड गर्नुहोस्।
Status : आफ्नो मोबाइलमा यो सेवा कुन अवस्थामा छ भनी हेर्न ३ थिचेर सेन्ड गर्नुहोस्।

डिजिटल भुक्तानी वा आकस्मिक समयमा डेटा प्याकेज नभए पनि इन्टरनेट चलाउनुपर्ने अवस्थामा प्रयोगकर्ताले पुनः यो सेवा सक्रिय पार्न सक्ने टेलिकमले जनाएको छ। यो सुविधाले झुक्किएर ब्यालेन्स काटिने ग्राहकको गुनासो सम्बोधन हुने विश्वास गरिएको छ।

टेलिकमले यो सुविधा थप गरेको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत् मन्त्री तिमल्सिनाले टेलिकमले यो सुविधा थप गरेको जानकारी गराएका हुन् । मन्त्री तिमल्सिनाले लेखेका छन्- “शुभप्रभात! अहिले बिहानबाट NTC प्याकेज सकिएपछि डाटा नचल्ने र थप पैसा खर्च नहुने बनाउन मिल्ने भएको छ। त्यसको लागि *444# डायल गरेर तल देखिएको ४ मध्ये चौथो अप्सन प्रयोग गरी PAYG disable गर्न सकिन्छ। धन्यवाद!”

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ८ : ५१ बजे

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका