राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित « Khabarhub

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।

दिल्लीस्थित अरुण जेटली स्टेडियममा बुधबार राति भएको खेलमा २११ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली दिल्ली निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रनमा समेटिएको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २१० रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले ४४ बलमा ७० रनको शानदार अर्धशतकीय योगदान दिए । जोस बटलर र वाशिङ्टन सुन्दरले अर्धशतक बनाए ।

२११ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि केएल राहुलले ५२ बलमा ९२ रनको शानदार अर्धशतकीय पारी खेले । दिल्लीको पछिल्लोक्रमका ब्याट्सम्यानले टिकेर नखेल्दा एक रनले चुकेको हो । दिल्लीमाथि रोमाञ्चक जित निकाल्दा राशिद खानको बलिङ गरे । चार ओभर बलिङ गर्दा उनले मात्र १७ रन खर्चिएर तीन विकेट लिए ।

यो हारसँगै दिल्ली तीन खेल खेल्दा चार अंकसहित तालिकाको चौथो स्थानमा छ । समान खेल खेलेको गुजरात दुई अंकसहित छैटौ स्थानमा छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ६ : ४५ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण