काठमाडौं– चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गरेको छ ।
नयाँ राजनीतिक परिवेशसँगै जनतामा आशा जागेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराउँदै यो अभियानले प्रदर्शन गरेको हो ।
५ बुँदाका माग सार्वजनिक गर्दै उनीहरूले नेपाल सरकारलाई कडा कदम चाल्न लाई आग्रह तथा अनुरोध गरेका छन् ।
उनीहरूले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउन नपाएपछि माइतीघर मण्डलामा पत्र टाँसेर छोडेका हुन् ।
उनीहरूका माग यस्ता छन्ः
१) चुरे वन जंगल क्षेत्र भित्र रहेका पुरानो र नयाँ अतिक्रमण हटाउनुपर्ने र ढुङ्गा, गिट्टी, बालुवाको अवैध उत्खनन अविलम्ब रोकि अवैध क्रसर उद्योग बन्द गर्नुपर्ने। वातावरणीय क्षतिपुर्ति असुल उपर गर्ने व्यवस्था गरी चुरेभावर क्षेत्रलाई संरक्षण क्षेत्रको रूपमा घोषणा गरी यसको प्रावधान लागु गर्नुपर्ने ।
(२) ढुङ्गा, गिट्टी, बालुवा बिक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड संशोधन गरी यसमा रहेको सम्बन्धित निकायको सहमतीमा वात्तावरणीय अध्ययन प्रतिवेदनमा उल्लेखित विधी अनुसार सम्बन्धित गा.पा./न.पा. ले ढुंगा गिटी बालुवा उत्खनन संकलन र विक्री गर्न सक्ने भन्ने प्रावधानमा वन क्षेत्रबाट ढुंगा गिटी बालुवा संकलन तथा बिक्री वितरण गर्नु पर्ने भएमा सम्बन्धित डिभिजन वन कार्यालय तथा मध्यवर्ती क्षेत्रको हकमा सम्बन्धित क्षेत्रबाट नियमानुसार संचालन गर्नुपर्ने भन्ने प्रावधान थप गर्नुपर्ने।
( ३) देशका सम्पूर्ण प्रदूषित र अतिक्रमित नदी नाला लाई प्रदूषण एवम् अतिक्रमण मुक्त गरी प्रदूषण नियन्त्रण बोर्ड गठन गर्नुपर्ने ।
(४) तराई मधेशमा बर्षेनी हुने पानीको संकट लाई मध्यनजर गर्दै चुरे क्षेत्रबाट बग्ने नदीहरूमा चेक ड्याम निर्माण एवम् भित्री मधेशमा सिँचाईको लागि बारा, पर्सा र रौतहट जिल्ला जोडिएका बम नहर जस्ता देशमा विभिन्न नाम भएका सिचाई नहर तथा आयोजना जीर्ण अवस्थामा रहेको लाई अवस्था सुधार गरी हरित कोरिडोर निर्माण गर्नुपर्ने ।
(५) वन तथा वातावरण मन्त्रालय माथहत रहेका राष्ट्रपति चुरे तराई-मधेस संरक्षण विकास समिति र चुरे उत्थान शिल आयोजनाले हाल सम्म गरे का कार्यहरूको उच्चस्तरियस्तर छानबिन गर्नुपर्ने ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

























प्रतिक्रिया