इरानले भन्यो : अमेरिकाले युद्धविरामका सर्त उल्लंघन गर्‍यो, अब वार्ताको अर्थ छैन « Khabarhub

इरानले भन्यो : अमेरिकाले युद्धविरामका सर्त उल्लंघन गर्‍यो, अब वार्ताको अर्थ छैन


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले अमेरिकामाथि युद्धविरामसम्बन्धी तीनवटा महत्वपूर्ण सर्त उल्लंघन गरेको आरोप लगाएको छ। इरानले अब अमेरिकासँग वार्ताको कुनै अर्थ नरहेको पनि जनाएको छ।

इरानी संसदका सभामुख मोहम्मद बघेर गालिबाफले अमेरिकामाथिको अविश्वास उसको बारम्बार प्रतिबद्धता तोड्ने व्यवहारका कारण भएको बताए। उनका अनुसार यसपटक पनि उही प्रवृत्ति दोहोरिएको छ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको १० बुँदे प्रस्तावलाई वार्ताको आधार मानेको भए पनि औपचारिक संवाद सुरू हुनुअघि नै त्यसका सर्तहरू उल्लंघन गरिएको दाबी गरे।

गालिबाफका अनुसार पहिलो सर्त लेबनानमा युद्धविराम लागू गर्ने थियो, तर लेबनानमा इरजरायलका भीषण आक्रमण जारी छन्। उनले पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले लेबनानसहित सबै स्थानमा तत्काल युद्धविरामको आह्वान गरेको प्रसंग पनि उल्लेख गरे।

दोस्रो सर्तअनुसार इरानको हवाई क्षेत्रमा अतिक्रमण नगर्ने सहमति भएको थियो। तर फार्स प्रान्तको लार क्षेत्रमा एक ड्रोन प्रवेश गरेपछि त्यसलाई खसालिएको गालिबाफले बताएका छन्।

तेस्रो सर्तमा इरानको युरेनियम समृद्धीकरणको अधिकार स्वीकार गरिने उल्लेख भए पनि अहिले अमेरिका त्यसबाट पछि हटेको आरोप उनले लगाए। ‘वार्ताको आधार नै भत्किएको अवस्थामा अब संवाद गर्नु तर्कसंगत छैन,’ उनले भने।

लेबनानमा आक्रमण, युद्धविराम अस्वीकार्य : इरान

यसैबीच इरानले लेबनानमा आक्रमण जारी रहँदा युद्धविरामको कुरा स्वीकार्य नहुने स्पष्ट पारेको छ। इरानका उपविदेशमन्त्री साइद खतिब्जादेहले यदि युद्धविराममा लेबनान समावेश छ भने त्यहाँ इजरायली आक्रमण रोकिनु पर्ने बताए।

उनले इजरायलले लेबनानमा व्यापक हिंसा गरिरहेको आरोप लगाउँदै यसलाई ‘नरसंहार’को संज्ञा दिएका छन् । उनलले यो युद्धविरामको मर्म विपरीत भएको बताएका छन्।

तर इजरायलले भने आफूले लेबनानमा हेजबुल्लाहलाई लक्षित गरी कारबाही गरिरहेको दाबी गर्दै आएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  १२ : ५६ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार