सावधान ! यस्ता खानेकुराले बनाउन सक्छ नपुंसक  « Khabarhub

सावधान ! यस्ता खानेकुराले बनाउन सक्छ नपुंसक 


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसहरुको खानपान र जीवनशैलीले नै उसको स्वास्थ्यमा प्रभाव पारिरहेको हुन्छ । तपाईले भोजनमा जे लिनुहुन्छ त्यो जहिले पनि स्वास्थ्यबद्र्धक हुन्छ भन्न सकिँदैन ।

भोजनका गडबढीका कारण तौल घटबढ मात्र नभई धेरैप्रकारका गम्भीर समस्याहरू पनि देखा पर्न सक्दछन् । भोजनका कारण केही रोगहरू जस्तै मोटोपन, क्यान्सर तथा यहाँसम्म कि नपुंसकता पनि हुनसक्छ । केही भोजनहरू जसलाई भुलेर पनि सेवन गर्नु हुँदैन । यसले नपुंसकता बनाउने खतरा निम्त्याउँछ ।

माइक्रोवेभ पपर्कन

माइक्रोवेभमा तयार गरिएको मकैको पपर्कन मीठो त हुन्छ तर यसमा हुने प्रजिर्वेटिव्स, सोडियम र सोया प्रोटिन स्वास्थ्यका लागि एकदमै हानीकारक हुन्छ । ह्यूमन रिप्रोडक्सन तीन जर्नलमा प्रकाशित शोधका अनुसार माइक्रोवेभ पपकर्नको अधिक सेवन नपुंसकताको जोखिमलाई ६० प्रतिशतले बढाउँदछ । यसले थाइराईडलाई समेत समस्या पार्दछ र प्रतिरक्षा क्षमता घटाउँदछ ।

वनस्पति घ्यू

वनस्पति घ्यूको प्रयोगले मोटोपनको खतरा अधिक हुन जान्छ । यसमा ट्रान्स चिल्लोपदार्थ र असंतृप्त चिल्लो पदार्थ अधिक मात्रामा हुन्छ जसले शरीरमा एकदमै गर्मी समेत बनाउँदछ । यसले खराब कोलेस्ट्रोलको मात्रा वृद्धि गरी हृदय रोग नपुंसकताको खतरा बढाउँदछ ।

तयारी मासु

पकाएर खानका लागि डब्बामा बन्द अवस्थामा पाइने मासु शरीरका लागि एकदमै फाइदाजनक छ किनकि यसले स्तन क्यान्सर बनाउने समस्या अधिक हुन्छ ।

यसमा हेटोसाइक्लिक एमाइन्ज, पोलिसाइक्लिक अरोमेटिक हाइड्रोकार्बन तथा एडभान्स ग्लाइसेन्स इन्ड प्रोडक्ट्स जस्ता तत्वहरू हुन्छ । यसले कोलोन क्यान्सर, स्तन क्यान्सर, हृदय रोग, किड्नीको रोग एवं मधुमेह जस्ता खतरालाई पनि निम्त्याँउछ ।

प्याक फलफूल तथा तरकारी

डब्बामा बन्द अवस्थामा रहेका फलफूल तथा तरकारीलाई बन्देज गर्नुपर्दछ किनभने यसमा बीपीए नामक तत्व राखिएको हुन्छ जसले शरीरमा एसिडिटीको समस्यालाई भित्र्याउँदछ । यसले शरीरलाई अस्वस्थ बनाउँदछ र प्रतिरक्षा घटाउँदछ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ८ : २४ बजे

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका