अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा « Khabarhub

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन हुने गरेको पोस्टमार्टम सेवा अब आँपपिपल अस्पतालमा पनि सञ्चालन हुने भएको छ । पालुङटार नगरपालिका–३ मा रहेको आँपपिपल अस्पतालले पोस्टमार्टम (मृत्युपरान्त परीक्षण) सेवा सुरु गर्ने जनाको छ ।

चैत्र १६ गते बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले पोस्टमार्टम सेवा सुरु गर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार बैशाख १५ गतेबाट सेवा सुरु गर्ने गरी तयारी थालिएको अस्पताल व्यवस्थापक बसन्त देवकोटाले जानकारी दिए ।

पोस्टमार्टम सेवाका लागि अस्पतालमा प्राविधिक चिकित्सक एकजना कार्यरत छन् । ‘हामीसँग एकजना डाक्टर त हुनुहुन्छ, दुई जना कार्यालय सहयोगीलाई यही सेवासम्बधी प्रदेशले दिन लागेको तालिममा सहभागी गराउछौं’, उनले भने । अस्पतालमा शवगृह भने पहिलेदेखि नै रहेको व्यवस्थापक देवकोटाले बताए । जिल्ला प्रशासन र प्रदेश स्वास्थ्य मन्त्रालयबाट सेवा सुरुको अनुमति लिन भने बाँकी रहेको उनले बताए ।

आँपपिपल अस्पतालमै सेवा सुरु भएपछि सदरमुकामसम्म शव पु¥याउनु पर्ने बाध्यता हट्ने व्यवस्थापक देवकोटाको भनाइ छ ।

‘स्थानीय तहको मातहातमा रहेकोले यो सेवा सञ्चालन गर्न सहज भएन, आवश्यक प्राविधिक पनि अस्पतालसँग थिएन,’ उनले भने, ‘अहिले प्रदेश सरकारको स्वामित्वमा अस्पताल गइसकेपछि पोस्टमार्टम सेवा सुरु गर्न लागेका हौं ।’ नगरपालिकाको मातहातमा रही सञ्चालनमा रहेको उक्त अस्पताल एकबर्षअघि गत बैशाखदेखि मात्रै गण्डकी प्रदेश सरकारले स्वामित्वमा लिएको थियो ।

प्रदेश सरकारले उक्त अस्पतालको स्तरोन्नति गरी १५ शैयाबाट ५० शैयाको प्रदेश अस्पताल बनाएको हो । बि.स २०१३ सालमा मिसन अस्पतालको रुपमा सञ्चालनमा आएको सो अस्पताल २०५८ सालमा विकास समितिलाई हस्तान्तरण गरिएको थियो । समितिको मातहातमा रहेको उक्त अस्पताल केही वर्ष अघि मात्रै नगरपालिकालाई जिम्मा लगाएको थियो ।

सेवा सुरु भएछि गोरखाको सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, पालुङटार नगरपालिका र लमजुङको राइनास नगरपालिकाका स्थानीयलाई सहज हुनेछन् ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  १० : २७ बजे

मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालेन सरकारको स्वास्थ्य बजेट

काठमाडाैँ- सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब

महिला अधिकारको प्रत्याभूतिबिना समान विकास सम्भव छैन : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र