कुमारी छोरीसँग बिहे गर्नेलाई साँढे ३ करोड इनाम दिने घोषणा ! | Khabarhub Khabarhub

कुमारी छोरीसँग बिहे गर्नेलाई साँढे ३ करोड इनाम दिने घोषणा !


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानिसहरुका अनेक सोच तथा चाहना हुन्छन् । सुन्दा पत्याउन मुस्किल पर्छ । बेलाबखत यस्तै अनौठा घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् ।

एउटा विचित्रको घटना सार्वजनिक भएको छ जहाँ एक धनाढ्यले आफ्नी कुमारी छोरीसँग विहे गर्नेलाई साँढे ३ करोडको इनाम दिने घोषणा गरेका छन् ।  छोरीको बिहे गराउनका लागि थाइल्याण्डका एक धनाढ्य व्यापारीले अनौठो घोषणा गरेका हुन् ।

कन्याकुमारी छोरीसँग विवाह गर्ने केटालाई उनले उल्टै इनामस्वरुप २ लाख ४० हजार पाउण्ड (झण्डै ३ करोड ५० लाख रुपैयाँ) दिने घोषणा गरेका हुन् ।

तर ती व्यापारीले आफ्नी छोरीसँग बिहे गर्ने केटामा तीन योग्यता हुनुपर्ने सर्त राखेका छन् । पहिलो सर्त- केटा स्मार्ट हुन जरुरी नभए पनि पढ्न लेख्न जानेको हुनुपर्ने । दोस्रो- केटा मेहनती तथा लगनशील हुनुपर्ने । तेस्रो- केटा कन्जुस र फलहरूलाई माया गर्ने हुनुपर्ने ।

अर्नोन राडथोंग नामक ती धनाढ्य व्यापारीले आफ्नी कुमारी छोरी कार्नसितासँग बिहे गर्नेलाई सो इनाम दिने घोषणा गरेका हुन् । थाइल्याण्डको दक्षिणी प्रान्त चुन्फोनका ती व्यापारीले छोरी अहिलेसम्म कुमारी नै रहेको र आफूसँगै व्यापारमा सघाउँदै आएको बताएका छन् ।

उनकी छोरी कर्निता  २६ वर्ष नाघेको उनले बताएका छन् । स्नातक तहसम्म पढेकी उनी चिनियाँ र अंग्रेजी भाषा बोल्नमा सक्षम रहेको उनको दाबी छ । छोरीको बिहे हुन नसकेको चिन्ताले गर्दा ५८ वर्षका ती व्यापारी अर्नोनले यस्तो घोषणा गरेका हुन् । उनले आफू एक कृषि फार्मकाे मालिक रहेको बताएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ९ : २५ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला