विनाश निम्त्याउने रोशी र कलाती क्षेत्रका क्रसर र ढुङ्गा खानी (तस्बिरहरू) « Khabarhub

विनाश निम्त्याउने रोशी र कलाती क्षेत्रका क्रसर र ढुङ्गा खानी (तस्बिरहरू)


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको रोशी क्षेत्रमा अनुगमन गर्दै पनौतीस्थित रोशी क्षेत्रमा पुगेका थिए । उनले मापदण्ड विपरीत सञ्चालन भइरहेका सबै क्रसर तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

गिट्टी–बालुवाको अवैध उत्खननका कारण बाढीपहिरोको जोखिम बढेको भन्दै उनले यसप्रति गम्भीर चासो व्यक्त गरेका छन् । विगतमा ठेक्कापट्टामा सेटिङ गरेर अवैध गतिविधि चलाइएको उल्लेख गर्दै अब यस्ता काम कडाइका साथ रोक्ने र वैध–अवैध सबैको छानबिन गरिने बताएका छन् ।

अनियन्त्रित उत्खनन र प्राकृतिक स्रोतको दोहन रोक्न कुनै पहल नभएकोमा असन्तुष्टि जनाउँदै उनले यसले जनधनमा ठूलो क्षति पुर्‍याएको बताए । गत वर्षको बाढीपहिरोमा पनौतीमा २० जनाको मृत्यु, एक जना बेपत्ता र सयौँ घरमा क्षति पुगेको थियो।

अनुगमनका क्रममा उनले भविष्यमा सम्भावित विपत्तिको जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन र आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएका छन् ।

काभ्रेपलान्चोकको खोपासी क्षेत्रमा २०८१ असोज १०–१२ गते परेको अत्यधिक वर्षाले २४ घन्टामा ३३१.६ मिलिमिटर वर्षा भई नयाँ रेकर्ड कायम गर्‍यो। यसअघि सोही स्थानमा भएको वर्षाको रेकर्डभन्दा यो निकै बढी थियो । 

भारी वर्षापछि रोशी नदी आसपासका तटीय क्षेत्र, विशेषगरी भूमिडाँडादेखि नेपालथोकसम्म, ठूलो क्षतिमा परे। 

यस विनाशमा प्राकृतिक कारणसँगै रोशी नदी र पनौती क्षेत्रका अवैध खानी तथा क्रसर उद्योगहरूको भूमिकालाई स्थानीयले गम्भीर रूपमा औँल्याएका छन् । 

नदी किनारमै गिटी, बालुवा र ढुंगा थुपार्ने, खानीबाट निस्किएको माटो तथा धूलो सोझै खोलामा फाल्ने जस्ता गतिविधिले नदीको बहाव अवरुद्ध र असन्तुलित बनाएको देखिन्छ। यसले बाढीको प्रभाव अझ तीव्र बनाएको अनुमान गरिएको छ।

अध्ययनले काभ्रेभरि दर्जनौँ खानी र क्रसर उद्योग सञ्चालनमा रहेको देखाएको छ, जसमा धेरैजसो अवैध वा मापदण्ड विपरीत छन् । 

पनौती र रोशी क्षेत्रमा यस्ता उद्योगको घनत्व उच्च रहेको र धेरै उद्योगले कानुनी प्रक्रिया तथा वातावरणीय मापदण्ड पालना नगरेको पाइएको छ । 

खोलानजिक, बस्तीबीच र जलाधार क्षेत्रमा सञ्चालन भइरहेका यस्ता खानीहरूले नदी प्रणालीमा प्रत्यक्ष असर पुर्‍याउँदै आएका छन्।

समग्रमा, रोशी नदी र पनौती क्षेत्रमा अनियन्त्रित तथा अवैध खानी सञ्चालनले वातावरणीय सन्तुलन बिगार्दै बाढी-पहिरोको जोखिम र क्षति दुवै बढाएको निष्कर्ष निकालिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १२ : ३० बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको