युद्धविरामले रोकेन आक्रमण, साउदी अरब र कुवेतमा ठूलो क्षति, तेल उत्पादनमा गम्भीर असर « Khabarhub

युद्धविरामले रोकेन आक्रमण, साउदी अरब र कुवेतमा ठूलो क्षति, तेल उत्पादनमा गम्भीर असर


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

रियाध– साउदी अरबको सरकारी समाचार एजेन्सीले एक अधिकारीलाई उद्धृत गर्दै पछिल्ला इरानी आक्रमणमा देशको ‘इस्ट–वेस्ट पाइपलाइन’मा क्षति पुगेको जनाएको छ।

यो पाइपलाइनले तेललाई लाल सागर (रेड सी) सम्म पुर्‍याउने काम गर्छ । जसले होर्मुज जलडमरूमध्यलाई बाइपास गर्दै आएको छ।

यद्यपि, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईरजीसी) ले यी आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

इरानको सरकारी समाचार एजेन्सी इर्नाका अनुसार आईआरजीसीले यदि यी खबरहरू सत्य भए त्यसको पछाडि इजरायल वा अमेरिकाको हात हुन सक्ने दाबी गरेको छ।

कुवेतमा पनि ड्रोन हमला

कुवेतले युद्धविराम लागू भए पनि इरान र त्यससँग सम्बन्धित समूहहरूले बिहीबार ड्रोन आक्रमण गरेको आरोप लगाएको छ।

साउदी अरबले पनि हालैका आक्रमणमा आफ्नो एक महत्वपूर्ण तेल पाइपलाइनमा क्षति पुगेको स्वीकार गरेको छ।

कुवेतको विदेश मन्त्रालयले सरकारी समाचार एजेन्सी क्युनामार्फत् जारी वक्तव्यमा बिहीबार राति भएका ड्रोन आक्रमणमा देशका केही महत्वपूर्ण पूर्वाधारहरू निशाना बनाइएको जनाएको छ।

साउदी अरबले इरानसँग सम्बन्धित आक्रमणका कारण आफ्नो तेल उत्पादनमा ठूलो असर परेको जनाएको छ। साउदी ऊर्जा मन्त्रालयका अनुसार महत्वपूर्ण पूर्वाधारहरू पटक–पटक निशानामा परेका छन्।

यी आक्रमणमा ग्यास प्लान्ट, तेल उत्पादन केन्द्र, पाइपलाइन, निर्यात टर्मिनल तथा तेल भण्डारण ट्याङ्कजस्ता संरचनाहरू परेका छन्।

विशेषगरी ‘इस्ट–वेस्ट पाइपलाइन’ अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले साउदी अर्थतन्त्र र विश्व ऊर्जा बजारमा ठूलो भूमिका खेल्छ।

अधिकारीहरूका अनुसार यस पाइपलाइनमा पटक–पटक आक्रमण हुँदा दैनिक करिब ७ लाख ब्यारेल तेल आपूर्तिमा कमी आएको छ।

यसका साथै मनीफा तेल उत्पादन केन्द्रमा पनि क्षति पुगेको छ, जसका कारण दैनिक करिब ३ लाख ब्यारेल तेल उत्पादन घटेको छ।

यी आक्रमणका कारण साउदी अरबको तेल उत्पादनमा ठूलो गिरावट आएको छ, जसले विश्वव्यापी तेल बजारमा असर पार्न सक्छ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १२ : ३१ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको