आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित « Khabarhub

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो जित दर्ता गरेको छ ।

शुक्रबार राति गुवाहाटीस्थित बरसापारा क्रिकेट रंगशाला भएको खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)लाई ६ विकेटले हराउँदै राजस्थान विजयी भएको हो ।

आरसीबीले दिएको २ सय २ रनको लक्ष्य राजस्थानले १८ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो ।

राजस्थानका लागि ध्रुव जुरेलले ८१ र वैभव सूर्यवंशीले ७८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, रविन्द्र जडेजाले २४ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो।

आरसीबीका लागि रजत पाटिदारले ६३ रनको अर्धशतकीय पारी खेले । यस्तै, विराट कोहली ३२, वेंकटेश अय्यरले २९ रन बनाए ।

राजस्थानका लागि जोफ्रा आर्चर र रवि बिश्नोईले २–२ विकेट लिए। यो जितसँगै राजस्थान रोयल्स ४ खेलबाट ८ अंकका साथ शीर्ष स्थानमा रहेको छ । पराजित भएको रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ३ खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ६ : १६ बजे

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा