मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण « Khabarhub

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य उपचार केन्द्र’मा छ सय ८४ जना दर्शनार्थी पर्यटकको स्वास्थ्य परीक्षण गरिएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि यही चैत २० गतेसम्म मुक्तिनाथ पुगेर हाइअल्टिच्युडका कारण लेँक लागेर बिरामी भएका छ सय ८४ जनाको स्वास्थ्य परीक्षण गरिएको प्रदेश अस्पताल जोमसोमले जनाएको छ ।

समुन्द्री सतहको तीन हजार ८०० मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने कतिपय पर्यटकलाई ‘हाइअल्टिच्युड’का कारण लेँक लाग्ने समस्या रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा समीक्षा कँडेलले जानकारी दिए ।

मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै मुक्तिनाथ मन्दिरमा प्रदेश अस्पताल, बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको सहयोग र समन्वयमा हाइअल्टिच्युड सिक्नेस उपचार केन्द्र स्थापना गरिएको डा कँडेलले बताए ।

मन्दिर परिसरमा मुक्तिनाथ विकास समितिको कार्यालय रहेको भवनमा तीन शय्या र मुक्तिनाथ रानीपौवा बसपार्कदेखि मुक्तिनाथ मन्दिर जाने सिँढी बाटोको मध्यभागमा नेपाली सेनाद्वारा निर्मित दर्शनार्थी विश्रामस्थल भवनमा तीन शय्या गरी कूल छ शय्याको उपचार केन्द्र सञ्चालनमा रहेका उनले बताए ।

डा कँडेलका अनुसार चालु वर्षको सोही अवधिमा तीन जना नेपालीसहित छ जना विदेशी पर्यटकको हाईअल्टिच्युडका कारण लेँक लागेर मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ८ : १५ बजे

लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

विराटनगर– मोरङको उर्लाबारी नगरपालिका-७ गोलचोकस्थितबाट लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले

गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह

दशरथचन्द– जिल्लाका विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान

नबिल बैंकद्वारा नेपाल-भारत क्रस बोर्डर पर्सन-टु-पर्सन रेमिट्यान्स सेवा सञ्चालन

काठमाडौं– नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन रेमिट्यान्स सेवा सुरु गरेको

एनसेलका ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्मको छुट

काठमाडौं– एनसेलका सबै ग्राहकहरूले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीहरूको खरिदमा ६०

विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया

सङ्खुवासभा- जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएका महिलाको