हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन « Khabarhub

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक महत्वाकाङ्क्षा त्याग्न अस्वीकार गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

वार्ता विना निश्कर्ष टुङ्गिएपछि पहिलो प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले भने, ‘स्ट्रेट अफ हर्मुज’मा अमेरिकी नौसेनाको नाकाबन्दी जारी गर्न आइतबार आदेश दिएका छन् ।

पाकिस्तानमा भएको वार्ता ‘राम्रो’ भएको र अधिकांश बुँदामा सहमति भएको स्वीकार गर्दै राष्ट्रपति ट्रम्पले तेहरानले आफ्नो पारमाणविक कार्यक्रमका विषय त्याग्न अस्वीकार गरेको बताए ।

राष्ट्रपति ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ मा प्रवेश गर्न वा त्यहाँबाट बाहिर निस्कन खोज्ने कुनै पनि पानीजहाजमाथि नाकाबन्दी लगाउने प्रक्रिया तत्कालदेखि लागू हुने गरी काम गर्न अमेरिकी नौसेनालाई निर्देशन जारी गरेका हुन् ।

यसैबिच, सन् १९७९ को इस्लामिक क्रान्तिपछि दुई पक्षबीचको उच्चस्तरीय बैठकपछि शान्ति वार्ताको लागि पाकिस्तान पुगेको अमेरिकी प्रतिनिधिमण्डल फिर्ता भएको छ । वार्तामा वासिङ्टनले सम्झौताका लागि तेहरानलाई ‘अन्तिम र उत्तम प्रस्ताव’ दिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ९ : ३३ बजे

सभापति र वरिष्ठ नेताबीच कुनै खटपट छैन : लिमा अधिकारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी कोषाध्यक्ष लिमा अधिकारीले सभापति रवि लामिछाने

सरकारको राष्ट्रिय प्रतिबद्धतापत्र: पाठ्यक्रममा योग, ध्यान, नैतिक शिक्षा र आयुर्वेद समावेश गरिने

काठमाडौं- सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामार्फत् शिक्षा प्रणालीमा महत्वपूर्ण

आजदेखि रात्रिकालीन बससेवा सञ्चालन

काठमाडौं- काठमाडौं महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन सुरु गर्ने भएको

संघीय शिक्षामा अब वालेन्द्रले काठमाडौं महानगरमा लागु गरेको मोडेल !

काठमाडौं- संघीय सरकारले देशको शिक्षा प्रणाली सुधार्न वालेन्द्र शाह मेयर