आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध जनशक्ति र कार्यभारको आधारमा स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउन सबै अस्पतालहरूलाई निर्देशन दिएको छ ।

कतिपय अस्पताल तथा स्वास्थ्य संस्थाहरूले जनशक्ति अभावका कारण आइतबार ओपीडी सञ्चालन गर्न नसक्ने बताएपछि मन्त्रालयको यस्तो निर्देशन आएको हो । बिदाको कार्यान्वयन स्वास्थ्य संस्थामा पनि हुनुपर्ने माग चिकित्सकका संघसंस्थाले राखेका छन् ।

सरकार स्वास्थ्यकर्मीको विश्राम अधिकारबारे सचेत रहेकाले नयाँ कार्यविधिमार्फत त्यसको सुनिश्चितता हुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहलाई थप व्यवस्थित, सन्तुलित र दिगो बनाउन आवश्यक कार्यविधि यथाशीघ्र कार्यान्वयनमा ल्याउने बताएको छ । मन्त्रालयले आइतबार ओपीडी सेवा सञ्चालन गर्ने अस्पतालहरूलाई धन्यवाद व्यक्त गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार हप्ताको दुई दिन सार्वजनिक बिदा लागू भए पनि बिरामीको हितलाई ध्यानमा राख्दै सञ्चालन गर्ने अस्पताललाई धन्यवाद व्यक्त गरेको हो ।

स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवालाई निरन्तरता दिनु सबैको प्रमुख दायित्व रहेको मन्त्रालयको भनाइ छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले व्यक्त गरेका चासो र समस्याहरूप्रति मन्त्रालय पूर्ण रूपमा जानकार रहेको भन्दै ती विषयहरूलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  १० : ३४ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज