२०८२ मा सेयर बजार : १७१.५२ अंकले बढ्यो, आगामी वर्ष कस्तो रहला ? « Khabarhub

२०८२ मा सेयर बजार : १७१.५२ अंकले बढ्यो, आगामी वर्ष कस्तो रहला ?


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वि.सं. २०८२ सालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झण्डै २ सय अंकले वृद्धि भयो । 

२०८१ चैतको अन्तिम कारोबारको दिन नेप्से २६६२.०८ बिन्दुमा पुगेर बन्द भएको भएकोमा २०८२ वैशाख २ गते बाट सुरु भएको यस वर्षको सेयर कारोबारमा नेप्से १७१.५२ अंकले वृद्धि भएको हो ।

वर्षको अन्तिम दिनको सेयर कारोबारमा नेप्से ४.१८ अंकले घटेर बन्द भएको छ । आजको कारोबारमा १०५ वटा कम्पनीको सेयर मूल्य भने बढ्यो भने १५३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आजको कारोबारमा १२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर नै रहे ।

कुन सेक्टरको कस्तो अवस्था रह्यो ?

२०८२ वैशाखको सुरुमा रहेको बिन्दुबाट जीवन बिमा कम्पनी समूह नेप्सेमा घट्यो । अघिल्लो वर्ष १३१९०.३१ विन्दुमा बन्द भएको नेप्से चैत महिनाको अन्तिम कारोबारको दिनसम्म आउँदा ३४९.७८ अंकलेले घटेर १२८४०.५३ बिन्दुमा पुगेको छ ।

तर, यो वर्ष म्यानुफ्याक्चर्स एन्ड प्रोसेसिङ समूहमा भने निकै उछाल आयो । अघिल्लो वर्ष ७०१५.१३ बिन्दुमा बन्द भएको नेप्से यस वर्षको आज अन्तिम कारोबारको दिन ४६७४.७६ अंकले वृद्धि भएर ११६८९.८९ बिन्दुमा पुगेको छ ।

यो वर्ष नेप्सेमा भएको सेयर कारोबारमा निर्जीवन बिमा कम्पनी समूह परिसूचक पनि घट्न पुग्यो । अघिल्लो वर्षको अन्तिम दिन कारोबार बन्द हुँदा १०२८.१९ अंकले घटेर ११२४५.९६ बिन्दुमा पुगेको हो ।

यो वर्ष होटेल तथा पर्यटन सूचकमा वृद्धि भएको छ । अघिल्लो वर्षको अन्तिम कारोबारको दिन सो समूहको उपसूचक ६४४७.१७ बिन्दुमा पुगेको थियो । तर, यो वर्ष भने १५०६.०७ अंकले वृद्धि भएर ७९५३.२४ बिन्दुमा पुगेको छ ।

त्यस्तै, यो वर्ष वाणिज्य बैंक, विकास बैंक, जलविद्युत्, व्यापार र म्युचुअल फन्डको सूचकमा वृद्धि भएको छ भने लघुवित्तको सूचकमा पनि झिनो अंकले वृद्धि भएको छ । तर, यो वर्ष वित्त, लगानी र अन्य समूहको सूचकमा भने झिनो अंकले गिरावट आयो ।

भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलन र फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनले यो वर्ष नेपालको राजनीतिक शक्ति सन्तुलनमा फेरबदल ल्याएको छ । 

फागुन २१ गते भएको निर्वाचनमार्फत प्रतिनिधिसभामा झण्डै दुई तिहाई मत सहित उदाएको बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सासकीय क्षेत्रमा सुशासन स्थापना गर्दै विकास गर्ने घोषणा गरेको छ ।

बालेन सरकार स्थापना भएको सुरुवाती दिनमा झस्केको पुँजीबजारले बालेन सरकारको नीति तथा कदमलाई नियालिरहेको देखिएको छ । सरकारले आगामी दिनमा चाल्ने कदमका आधारमा सेयर बजारको भविष्य निर्धारण हुने विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ५ : २१ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको