झापाका दुई उद्योगमा आगलागी « Khabarhub

झापाका दुई उद्योगमा आगलागी


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा आज बिहान आगलागी भएको छ ।

आगलागी परी ती उद्योगमा ठूलो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । आज बिहान करिब सवा ४ बजे भक्तिप्रसाद उप्रेतीले सञ्चालन गरेको ‘झापाली चिप्स फ्याक्ट्री’ र चन्द्रप्रसाद खरेलको ‘सौगात काष्ठ फर्निचर’मा एकैसाथ आगलागी भएको थियो ।

आगलागीबाट दुवै उद्योगका कच्चा पदार्थ, तयारी सामग्री तथा मेसिनरी सामान जलेर नष्ट हुँदा करिब एक करोड मूल्य बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोड, सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेको प्रहरी टोली, बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल तथा स्थानीयको सहयोगमा केहीबेर अघि आगो निभाइएको छ ।

आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ११ : ५३ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट