डेंगु नियन्त्रणका लागि प्रदेश सरकारले पायो ‘फग मेसिन’ « Khabarhub

डेंगु नियन्त्रणका लागि प्रदेश सरकारले पायो ‘फग मेसिन’


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बुटवल– लामखुट्टे र भुसुनालगायतका कीटाणु नष्ट गर्ने ‘फग मेसिन’ प्रदेश नं ५ सरकारलाई उपलब्ध भएको छ ।

कोरियन क्रुपि फाण्डेशनका अध्यक्ष लि साङ हुनले आज सो प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई उक्त मेशिन हस्तान्तरण गरेका हुन् । फाण्डेशनले ४५ लाख मूल्य बराबरका ३० थान मेशिन प्रदेश सरकारलाई उपलब्ध गराएको हो । प्रति मेशिनको मूल्य १ लाख ५० हजार रुपैयाँ परेको बताइएको छ । सो मेशिनबाट डेङ्गु नियन्त्रणमा आउने विश्वास गरिएको छ ।

त्यस्तै फाउण्डेशनले डब्लुएचओबाट प्रमाणीकरण भएको रु एक लाख मूल्य बराबरको औषधि पनि प्रदेश सरकारलाई उपलब्ध गराएको छ । सो संस्थाले गत वर्ष विराटनगरमा पनि मेशिन र औषधि वितरण गरेको थियो ।

यस वर्ष काठमाडौँमा पनि महानगरपालिकाको स्वीकृतिमा सम्बन्धित संस्थाले औषधि छर्कने कार्य गरेको बताइएको छ । त्यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको भैरहवा र सुनौलीमा पनि सम्बन्धित संस्थाले औषधि छर्कने छ ।

सो अवसरमा मन्त्री केसीले प्राप्त भएको मेशिनमध्ये सुरक्षा क्याम्प र चार उपमहानगरपालिकालाई एक एक वटा प्रदान गरिने बताए । फाउण्डेशनका अध्यक्ष हुनले लामखुट्टे नियन्त्रणमा यो मेशिनले फलदायी परिणाम ल्याउने विश्वस व्यक्त गरे । रुपन्देहीमा डेङ्गुबाट यस वर्ष मात्रै ३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ३ : ५३ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा