एक वर्षमा २ अर्व बढी बचत गर्ने नेपाल वायू सेवा निगमको लक्ष्य « Khabarhub

एक वर्षमा २ अर्व बढी बचत गर्ने नेपाल वायू सेवा निगमको लक्ष्य


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल वायूसेवा निगमले नेपाल एयरलाइन्सका विभिन्न उडानबाट एक वर्षको अवधिमा २ अर्ब १७ करोड रुपैयाँ बचत गर्ने बताएको छ ।

निगमले बुधबार काठमाडौंमा असोज महिनासम्म भएका कामकारबाही बारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरी सेवामा सुधार र खर्चमा कटौती गरि २ अर्ब बचत गर्ने जनाएको हो ।

सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले खासगरी खर्च कटौती र गन्तव्य विस्तारका माध्यमबाट उक्त बचत हुने आँकलन गरिएको बताए ।

अध्यक्ष खरेलका अनुसार जहाजले अतिरिक्त इन्धन बोकेर हिड्न नपर्ने गरी व्यवस्थापन मिलाइएकाले किटको मूल्य कटौति गर्न सघाउ पुग्नेछ । अर्कोतर्फ रुट व्यवस्थापनका माध्यमबाट पनि खर्च कटाइएको उनको भनाइ छ ।

त्यस्तै इन्जिनियरिङ विभागका माध्यमबाट धेरै काम स्वदेशी जनशक्तिबाटै हुन थालेकाले पनि खर्च घटाउन भूमिका खेल्ने दाबी गरे ।

निगमले एक वर्षको अवधिमा ठूलो जहाजमा १५ जना पाइलट तयार पारेको पनि बताएको छ । जापान उडान क्रमशः नाफामा जाने क्रममा रहेको र अन्य गन्तव्यमा निगम नाफामै उडेको उनले बताए ।

निगमले आगामी मार्चसम्म जापानको नारिता, साउदीको रियाद र चीनको ग्वाङ्झाउ उडानको तयारी गरेको जनाएको छ ।

नेपालका तर्फबाट सबै तयारी पूरा भए पनि सम्बन्धित मुलुकका कारण उडान पछाडि सरिरहेको जानकारी दिए । निगमले लामो समयपछि ३–४ वटा भिभिआइपी उडानहरु गर्न सफल भएको, जापानको नारिता विमानस्थमा विगतमा चार्टड उडान मात्र हुने गरेको र अहिले पहिलो पटक व्यापारिक उडान गरेको दाबी गरेको छ ।

निगमले आपतकालीन उद्धारका लागि पनि विभिन्न किसिमका अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रविधि र सेवाको विस्तार गरेको बताएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ४ : २२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको