शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट « Khabarhub

शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्री पोखरेलको कार्यकक्षमा आज भएको भेटमा नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

नेपालको शैक्षिक उन्ननयनका निम्ति बेलायत सरकारबाट प्राप्त सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै मन्त्री पोखरेलले सातवटै प्रदेशमा सञ्चालन हुन लागेको ‘अटिजम’ स्कुललाई सघाउन आग्रह गरेका थिए ।

मन्त्री पोखरेलको निजी सचिवालयका अनुसार उक्त विद्यालयलाई स्रोत र जनशक्ति विकासमा सहयोग गर्न उहाँले राजदूतसमक्ष अनुरोध गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ११ : ४७ बजे

युद्धविरामसँगै घर फर्किन थाले हजारौँ लेबनानी (तस्बिरहरू)

बेरूत- लेबनानमा युद्धविराम लागू भएसँगै हजारौँ विस्थापित नागरिकहरू आफ्ना घरतर्फ

हिमाली क्षेत्रका पदमार्गमा बिरामी परेका यात्रुको उद्धार

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको उच्च भागमा बिरामी परेका यात्रुहरूको

विभिन्न कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाइँदै

चितवन– ३१औँ राष्ट्रिय वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित मनाइँदैछ । यही

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा

कञ्चनपुरमा लागूऔषध मुद्दाका ३३४ जना पक्राउ

महेन्द्रनगर- गत वर्ष कञ्चनपुर प्रहरीले लागूऔषध मुद्दामा महिला तथा पुरुष