समानान्तर गतिविधि नरोकेपछि पूर्णबहादुरलाई कांग्रेसले स्पष्टीकरण सोध्ने  « Khabarhub

समानान्तर गतिविधि नरोकेपछि पूर्णबहादुरलाई कांग्रेसले स्पष्टीकरण सोध्ने 


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पुनःसचेत गराउने तयारी गरेको छ । 

उनले पहिलोपटक पार्टीको लेटरप्याड प्रयोग गरेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउबारे विज्ञप्ति जारी गरेका थिए । 

त्यसपछि खड्कालाई १८ चैतमा बसेको अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी नगर्न सचेत गराएको थियो । 

तर गत सोमबार पुनः उनले कार्यवाहक सभापतिको हैसियतमा क्रियाशील सदस्याता अद्यावधिक गर्ने निर्णयविरुद्ध विज्ञप्ति जारी गरे । 

विज्ञप्ति लगत्तै कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको थियो । 

बुधबार बस्ने बैठकले खड्कालार्य स्पष्टीकरण सोध्ने वा अन्य तरिकाले सचेत गराउने निर्क्योल गरिने एक नेताले भने । 

‘अहिले यहीँ नै गर्ने भन्ने निर्क्यौल भएको छैन । बैठकमा छलफलपश्चात मात्रै थाहा हुन्छ । तर केही न केही निणर्य हुन्छ,’ उनले बताए । 

खड्काले गत चैत १७ देखि १९ गतेसम्म कार्यवाहक सभापतिको हैसियतमा नवनिर्वाचित सांसदलाई बधाई दिँदै १४औं महाधिवेशनबाट निर्वाचित आफूनिकट केन्द्रीय कार्यसमिति सदस्यसँग छलफलसमेत गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ११ : ५७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली