गण्डकीमा फेरियो मन्त्रिमण्डल : कांग्रेस र एमालेले पठाए नयाँ अनुहार « Khabarhub

गण्डकीमा फेरियो मन्त्रिमण्डल : कांग्रेस र एमालेले पठाए नयाँ अनुहार


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

पाेखरा- गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बुधबार पुनर्गठन गरिएको छ । बुधबार नेकपा एमाले र नेपाली कांग्रेसबाट नयाँ अनुहारलाई मौका दिइएको छ।

एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री भएका छन् ।

यस्तै, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री भएकी छन्। उता लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री र भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त भएका छन् ।

त्यसैगरी, कांग्रेसबाट जीत शेरचन अर्थमन्त्री बनेका छन् । नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री भएका छन् । नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री र रेखा गुरुङ वन तथा वातावरण मन्त्री भएका छन् ।

यसअघि गण्डकी सरकारमा कृषि मन्त्रालय पद्मा जिसी, स्वास्थ्य मन्त्रालय कृष्ण पाठक, भौतिक पूर्वाधार मन्त्रालय प्रकाश केसी र उद्योग तथा पर्यटन मन्त्रालय मित्रलाल बस्यालले सम्हालेका थिए ।

त्यस्तै, अर्थ मन्त्रालय डा. टकराज गुरुङ, सामाजिक विकास मन्त्रालय विन्दुकुमार थापा र वन तथा वातावरण मन्त्रालयमा भेषबहादुर पौडेल थिए । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय मुख्यमन्त्री सुरेन्द्र पाण्डे आफैंले राखेका थिए ।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण बुधबार मध्याह्न पर्यटन बोर्ड कार्यालयमा भएको छ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १२ : २६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली