पछिल्लो २४ घण्टामा विपद्का ३३ घटना, ७ जना घाइते  « Khabarhub

पछिल्लो २४ घण्टामा विपद्का ३३ घटना, ७ जना घाइते 


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत २४ घण्टामा देशका विभिन्न स्थानमा ३३ वटा विपद्का घटना भएका छन् । 

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार २०८३  ती घटनाबाट ७ जना घाइते भएका छन् । 

प्राधिकरणका अनुसार सबैभन्दा बढी घटना आगलागीसँग सम्बन्धित छन् । १३ जिल्लाका २६ स्थानमा आगलागी हुँदा ५ जना घाइते भएका छन् भने ४० जनाको उद्धार गरिएको छ । उद्धार तथा नियन्त्रणका लागि १४८ जना प्रहरी परिचालन गरिएको थियो ।

यसैबीच, ४ जिल्लाका ५ स्थानमा वन डढेलोका घटना पनि भएका छन्, जसले जोखिमको स्तर अझै उच्च रहेको संकेत गरेको छ । विगत २४ घण्टामा कुनै पनि मानवीय मृत्यु वा बेपत्ताको घटना नभएको प्राधिकरणले जनाएको छ । तर, कुल ७ जना घाइते भएका छन् । घाइते हुनेमा आगलागीबाट ५ जना, सर्पदंशबाट १ जना र जनावरको आक्रमणबाट १ जना रहेका छन् । साथै, ४ वटा चौपायाको समेत क्षति भएको छ ।

प्राधिकरणको बुलेटिन संख्या २१२२ अनुसार यी घटनाबाट अनुमानित ८३ लाख ८७ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको  छ। उद्धार तथा सुरक्षाका लागि देशभर १८९ जना प्रहरी जनशक्ति परिचालन गरिएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १ : ५६ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,