बागमती स्विट्सको बदाममा कीरा, उत्पादन र बिक्रीमा रोक « Khabarhub

बागमती स्विट्सको बदाममा कीरा, उत्पादन र बिक्रीमा रोक


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका ११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको संयुक्त अनुगमन टोलीले उद्योगमा गम्भीर लापरबाही भेटेपछि यस्तो कदम चालेको हो ।

आकस्मिक अनुगमनका क्रममा उक्त मिठाई उद्योगको सरसफाइ र गुणस्तरमा गम्भीर समस्याहरू फेला परेका छन् । विभागका अनुसार अनुगमनका क्रममा ड्राइफुड्स प्याकिङका लागि तयारी अवस्थामा राखिएको बदाममा कीरा परेको भेटिएको छ । टोलीले कीरा लागेको करिब ५ किलो बदाम तत्काल जफत गरी नष्ट गरेको छ । 

खाद्य पदार्थ उत्पादन गर्ने कारखानाको सरसफाइ अत्यन्तै न्यून र असन्तोषजनक पाइएको छ । त्यसैगरी, उद्योगमा कीट नियन्त्रणको व्यवस्थापन प्रभावकारी नभएको पाइएको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम बागमती स्विट्सको कारखानाबाट हुने उत्पादन र बिक्री वितरणलाई अर्को आदेश नभएसम्मका लागि पूर्ण रूपमा रोक्का गर्ने आदेश दिएको छ । 

थप अनुसन्धानका लागि टोलीले कीरा परेको बदाम र ड्राइफुड्स मिक्सको नमुना संकलन गरी प्रयोगशाला पठाएको छ । विभागकी प्रवक्ता डा। बाल कुमारी शर्माका अनुसार उद्योगलाई उल्लेखित कैफियतहरू सुधार गरी सोको प्रमाणसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

विभागले सार्वजनिक गरेका तस्बिरहरूमा उद्योगको भान्सा र भण्डारण कक्ष अत्यन्तै फोहर देखिएको छ भने कामदारहरूले न्यूनतम स्वास्थ्य मापदण्ड समेत पालना नगरेको देखिन्छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने यस्ता उद्योगहरूमाथि निगरानी बढाइने विभागले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  २ : ३१ बजे

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६