नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यतासहित अघि बढ्दै नबिल बैंक « Khabarhub

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यतासहित अघि बढ्दै नबिल बैंक


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेको छ । यी पुनर्परिभाषित उद्देश्यले विश्वास, उत्थानशीलता र तयारीप्रति बैंकको प्रतिबद्धतालाई पुन: पुष्टि गरेको बैंकले जनाएको छ ।

नबिल बैंकले ‘नेपालको सबैभन्दा विश्वासिलो एवम् भरपर्दो र भविष्यका लागि तयार बैंक बन्ने’ उद्देश्य लिएको छ । 

‘विश्वस्तरीय नेपाली बैंक बन्ने ध्येयका साथ, उद्देश्यबाट प्रेरित, विश्वास, अनुशासन र अनुपालनमा आधारित, नवीनताद्वारा सञ्चालित, सुशासन, वातावरणीय, सामाजिक र प्रशासनिक दायित्वले निर्देशित र भविष्यका लागि तयार नेतृत्वको सिर्जना गर्दै, सेवाग्राहीलाई प्राथमिकता दिँदै उत्कृष्टता प्रदान गर्न प्रतिबद्ध,’ बैंकको पुनर्परिभाषित लक्ष्य रहेको छ ।

बैंकिङ प्रणाली द्रुत गतिमा परिवर्तन भइरहेको समयमा दीर्घकालीन मार्गचित्रको आवश्यकता महसुस गर्दै बैंक रूपान्तरणको बाटोमा अग्रसर भएको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए ।

‘सेवाग्राहीकेन्द्रित विश्वस्तरको नेपाली बैंक बन्ने उद्देश्यका साथ हामीले बैंकको उद्देश्य, लक्ष्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेका छौँ,’ ज्ञवालीले भने । 

रूपान्तरित मूल्यमान्यतामा सेवाको उत्कृष्टतालाई मानकका रूपमा लिएको बताउँदै उनले भने, ‘डिजिटल माध्यमलाई प्राथमिकता दिँदै, मानव स्रोत र नेतृत्व विकासमा निरन्तर लगानी गर्दै जबाफदेहिता र सहकार्यको बलियो संस्कृतिलाई बढावा दिनेछौँ ।’

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ४ : ४२ बजे

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस